Saturday, April 27
Shadow

Month: March 2021

महानगर र सिसडोल बासिन्दा बिच छलफल निष्कर्षबिहिन ,काठमाडौ चोकचोकमा फोहोरको थुप्रो

महानगर र सिसडोल बासिन्दा बिच छलफल निष्कर्षबिहिन ,काठमाडौ चोकचोकमा फोहोरको थुप्रो

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौँ, चैत्र १८ काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने विषयमा आन्दोलनरत स्थानीयवासी र काठमाडौं महानगरपालिकाबीच बुधबार भएको वार्ता असफल भएको छ । स्थानीयको अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर छ दिनदेखि उठ्न नसकेको बेलामा काठमाडौं महानगरपालिकाले आज वार्ताका लागि बोलाएको थियो । वार्तामा नुवाकोट र धादिङका प्रभावितहरूले आफ्नो अडान नछोडेपछि वार्ता असफल भएको हो । यद्यपि बिहीबार पनि यस विषयमा छलफल गर्न दुवै पक्ष सहमत भएका छन् । विगत १६ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट र नयाँ व्यवस्थापन हुने बन्चरेका बासिन्दाहरूले विभिन्न माग राख्दै फोहोर व्यवस्थापन गर्न अवरोध गर्दै आएका छन् । फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने, प्रभावित सबै विद...
सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १८ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा चैत्र १३ शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दै आन्दोलन गरिरहेका छन् । सो आन्दोलनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेताहरु पनि त्यहाँ पुगेका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसि, नेपाली कांग्रेसका युवा नेता रमेश कुमार महतले सिसडोलवासिको आन्दोलनलाई समर्थन जनाएका छन् । भएका सम्झौँता कार्यान्वयन नहुनु र्दुभाग्य हो, त्यसका विरुद्ध आवाज उठाउनुस् : डा. महत सरकार र प्रभावित क्षेत्र बिच भएका सम्झौँता अझै पनि कार्यान्वयन नहुन...
अग्रगमन का अरवे क्रान्तिकारी मित्रहरु !

अग्रगमन का अरवे क्रान्तिकारी मित्रहरु !

राजनिती, विचार, सम्पादकीय
पामेल उपाध्यय बाल्यकाल मै सुनेको क्रान्ती, वलिदान, वर्गसंघष, साम्यवाद, जीन्दावाद, मूर्दावाद को नारा बिर्सन सक्तैन। यस्को भूत सवार जिवितै हुञ्छ। स्कुले जीवन सकेर कलेज पुग्ने बित्तिकै हाजिर हुन नपाउदै पढाइ छाडेर बन्द हड्ताल गर्दै चोक गल्ली हाट बजारमा, सोभियत कालिन अग्रगमन का भाषण गर्दै जन्म दिने आमा, कर्म दिने बुबा, शिक्षा दिने गुरु र पुरै समाज लाई शत्रु ठान्न पुग्दछ। अन्तत: करदाता र मतदाता मा परिणत भएको उस्को राजनीतिक, विदेश यात्रा नै अन्तिम गन्तव्य बन्न पुग्दछ। तर, आफू मा सवार भएको साम्यवाद को भूत लाई सफल पारी आमा बुबा गुरु र समाज लाई गलत सावित जो गर्नु छ। बिदेश र परिश्रम यस्तो चिज हो जहाँ सेकेण्ड को महत्त्व हुञ्छ। उस्लाई रातभरी निन्द्रा लाग्दैन। ऊ मेहनती छ। नशा नशामा क्रान्तिका भ्रुण हरु दौडिरहेका हुञ्छन्। दक्षिणपन्थी र साम्यवाद को व्याख्या र फरक छुट्टयाउने अथाहा ज्ञान को भण्डार छ। ग्...
साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, चैत्र १७ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । ‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।...
सिसडोल समस्या समाधानको अन्तिम विकल्प सहमति नै हो : प्रवक्ता डंगोल

सिसडोल समस्या समाधानको अन्तिम विकल्प सहमति नै हो : प्रवक्ता डंगोल

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १७ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दैआन्दोलन गरिरहेका छन् । तर काठमाण्डौँ महानगरपालिका भने सहमति बाटै उक्त समस्या समाधान हुने बताउदैँ आएको छ । काठमाण्डौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले १६ वर्ष देखि सहमतिबाटै काम हुदैँ आएकोले यस पटक पनि सहमतिबाटै समस्या समाधान गरिने ईन्टरभ्यु नेपाललाई उनले बताए । हामि संगको कुराकानीमा उनले भने, ५१ जना शिक्षक दरबन्दीको माग नयाँ भएको बताए । एकै पटक त्यति धेरै शिक्षक दरबन्दी उपलब्द गराउन नसके पनि आउँने आर्थिक वर्षहरुमा त्यसलाई पुरा गर्दै जाने उनले बताए । उनले भने, महानगरले सम्झौँताह...
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १७ विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ६३ हजार २०६ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३ लाख १४ हजार २६८ जना, भारतमा १ लाख ६२ हजार १४७ जना, रूसमा ९८ हजार ३३ जना, बेलायतमा १ लाख २६ हजार ६१५ जना, फ्रान्समा ९४ हजार ९५६ जना, इटालीमा १लाख ८ हजार ३५० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख ८७ हजार ८३७ छ । यसमध्ये ९४ हजार ६६६ जन...
प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

शिक्षा, समाचार, समाज
कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ। देशको हरेक परिर्वतनमा अल्पसंख्यक मुस्लिम समुदायले निस्वर्थ र निडरताका साथ देशको हक हितका लागि ठूलो भूमिका खेल्दै आएको छ । तर नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई उसको वास्तविक हक अधिकार दिएको छैन । शिक्षा रोजगारी, चाड पर्व विदा लगायत बिषयहरुमा शुरूदेखि अहिलेसम्म पनि सौतेला व्यबहार गरेको सबैलाई अवगत नै छ। अल्पसंख्यक मुस्लिम समुदायको हक हित तथा अधिकार दिलाउनको लागि लामो समय देखि निस्वार्थ रुपमा समय समयमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै आफ्नो समुदायको हकहित अधिकारको लागि लडदै आएकाे राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी महासचिव मौलाना मशहूद खां नेपालीहरूले समुदायको हकहित अधिकारको लागि लड़ने क्रममा भारतको मदरसा शिक्षा परिषदकाे मान्यता दिएको मोलवी,आलिम डिग्रीलाई ...
नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि

नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र १६ नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ । नेपालले फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालका लागि खेलको १८औं मिनेटमा संजोग राई र खेलको ४२औ मिनेटमा विशाल राईले गोल गरेका थिए । त्यस्तै खेलको ८३औ मिनेटमा बंगलादेशका महबुर रहमानले गोल गरेका थिए । यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको थियो । त्यस्तै बंगलादेशले भने कीर्गिस्तान यू-२३ लाई १-० गोलले पराजित गरेको थियो भने नेपालसँग यसअघि गोलरहित बराबरी खेलेको थियो । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशालामा उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले फाइनल खेल पुरै हेरेका थिए । त्यस्तै फाइनल खेलमा न...
विद्यालय बन्द गर्ने सरकारको तयारी

विद्यालय बन्द गर्ने सरकारको तयारी

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, चैत १६ सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।...
सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)

सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)

ब्यानर समाचार, राजनिती, विचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
राजेन्द्र गजुरेल/काठमाण्डौँ, चैत्र १४ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार पनि त्यहाँका स्थानिय आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई सर्मथन जनाउँनका लागि नुवाकोटका संघिय सांसद, बाग्मती प्रदेशका उप सभामुख, स्थानिय जनप्रतिनिधि लगाएतको उपस्थीति रहेको थियो । त्यहाँ कस्ले के भने त  :    माग पुरा नभए आन्दोलनमा जनता उतारेर त्यसको नेतृत्व म आफैँ गर्छु : संघिय सांसद हित बहादुर तामाङ आन्दोलनमा हामि संग कुरा गर्दै नुवाकोट क्षेत्र नं १ का संघिय सांसद हित बहादुर तामाङले अहिले आफू जनताले बोलाएर आन्दोलनलाई सर्मथन गर्न आएको तर यस पटक पनि काठमाण्डौँ महानगरपालिका र प्रभावित क्षेत्र संग भएको सम्झौँता पु...