Wednesday, April 17
Shadow

महानगर र सिसडोल बासिन्दा बिच छलफल निष्कर्षबिहिन ,काठमाडौ चोकचोकमा फोहोरको थुप्रो


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र १८
काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने विषयमा आन्दोलनरत स्थानीयवासी र काठमाडौं महानगरपालिकाबीच बुधबार भएको वार्ता असफल भएको छ ।

स्थानीयको अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर छ दिनदेखि उठ्न नसकेको बेलामा काठमाडौं महानगरपालिकाले आज वार्ताका लागि बोलाएको थियो । वार्तामा नुवाकोट र धादिङका प्रभावितहरूले आफ्नो अडान नछोडेपछि वार्ता असफल भएको हो । यद्यपि बिहीबार पनि यस विषयमा छलफल गर्न दुवै पक्ष सहमत भएका छन् ।

विगत १६ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट र नयाँ व्यवस्थापन हुने बन्चरेका बासिन्दाहरूले विभिन्न माग राख्दै फोहोर व्यवस्थापन गर्न अवरोध गर्दै आएका छन् ।

फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने, प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने, रातोमाटेबाट गल्छीसम्मको सडक कालोपत्रे गर्नुपर्ने, १५ शैयाको अस्पताल तत्काल प्रभावित क्षेत्रमा निर्माण गर्नुपर्ने, प्रभावित क्षेत्रको जग्गाको मूल्याङ्कन गरी अधिग्रहण गर्नुपर्ने, बन्चरेमा फोहोर व्यवस्थापन सुरु गर्नुअघि सिस्डोलको सुरक्षित व्यवस्थापन गर्नुपर्ने, फोहोरमैलासम्वन्धी विषय हेर्ने छुट्टै अधिकारसम्पन्न समिति बनाउनुपर्नेलगायतका माग राखेका छन् ।

वार्तामा काठमाडौं महानगरपालिकाले स्थानीयका सबै माग आफूहरूले गर्न नसक्ने बताउँदै आफूहरूबाट सम्बोधन हुनसक्ने माग पूरा गर्न तयार रहेको बताएको छ । वार्तामा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतका महानगरपालिकाका अधिकारीहरू थिए भने प्रभावित क्षेत्रबाट साँसद, मेयर, उपमेयर, वडाध्यक्ष र स्थानीय प्रतिनिधिहरू सहभागी थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares