Tuesday, April 23
Shadow

सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र १८
नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा चैत्र १३ शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दै आन्दोलन गरिरहेका छन् । सो आन्दोलनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेताहरु पनि त्यहाँ पुगेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसि, नेपाली कांग्रेसका युवा नेता रमेश कुमार महतले सिसडोलवासिको आन्दोलनलाई समर्थन जनाएका छन् ।

भएका सम्झौँता कार्यान्वयन नहुनु र्दुभाग्य हो, त्यसका विरुद्ध आवाज उठाउनुस् : डा. महत
सरकार र प्रभावित क्षेत्र बिच भएका सम्झौँता अझै पनि कार्यान्वयन नहुनु र्दुभाग्य भएको नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महतले बताएका छन् । त्यसका विरुद्ध खुलेर आवाज उठाउन स्थानियलाई अनुरोध र आफ्नो पनि त्यसमा समर्थन रहने उनले बताए ।

सिसडोलको समस्यालाई लिएर प्रधानमन्त्री सम्म पुग्न तयार छुँ : सभापति केसि
सिसडोलवासिको समस्यालाई लिएर सम्बन्धित निकाय देखि प्रधानमन्त्री केपि शर्मा ओली सम्म आफू पुग्न तयार रहेको नेपालि कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसिले बताएका छन् । यहाँका प्रभावित स्थानियले साथ दिएर प्रधानमन्त्री सम्म यस कुरालाई पुर्याउने जिम्मा दिएमा सो कार्य गर्न आफू तयार रहेको उनले बताए । यस समस्या सिसडोलवासिको मात्र नभएर सिङ्गो नुवाकोटको भएकाले जिल्लाका यो वा त्यो दल नभनि यस तर्फ सबै एक जुट हुन आवश्यक रहेको पनि उनले बताए ।

आन्दोलनको पक्षमा छौँ : रमेश महत
सिसडोलको समस्या अहिलेको मात्र नभई जब काठमाण्डौँको फोहोर यहाँ आयो त्यस बेला देखिको समस्या भएको नेपाली कांग्रेसका युवा नेता रमेश कुमार महतले बताएका छन् । माग पुरा नभए सम्म आन्दोलनमा पूर्ण समर्थन रहने उनले बताए ।

भिडियोमा हेर्नुहोस् कस्ले के भने ……

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares