Tuesday, May 7
Shadow

Month: March 2021

अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताउनुभयो । उहाँले संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदि...
अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ: प्रवक्ता गुरुङ

अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ: प्रवक्ता गुरुङ

ब्यानर समाचार, समाचार
काठमाडौं , फागुन १७ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने दाबि गरेका छन् । सञ्चार मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिनबाट रोकेको दाबी गरेका हुन्। उनले सर्वोच्च अदालतले बहुमतप्राप्त संसदीय दलको प्रधानमन्त्रीले राज्य सञ्‍चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको जिकिर गर्दै यस्तो दाबी गरेका छन् । उनले भने, ुनिर्वाचनको माध्यमबाट बहुमत पाएको र त्यसको संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्‍चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । अदालतले नै राजीनामा दिनबाट रोकेकाले प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ।’ नैतिकताको आधारमा राजीनामा माग्ने प्रचण्ड-नेपाल पक्षका नेत...
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । भारतमा दोस्रो चरणको खोप अभियान सुरू भएकै दिन प्रधानमन्त्री मोदीले पनि आज खोप लगाएको बीबीसी हिन्दीले जनाएको छ । मोदीले भारतमै बनेको खोप लगाएको तस्वीर ट्वीटरमा सार्वजनिक गर्दै भनेका छन्,’यो उल्लेखनीय छ कि हाम्रा डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँ जित्‍नका लागि तीव्र गतिमा काम गरेका छन् ।’ मोदीले भारतमा खोप अभियान थालेदेखि आम सर्वसाधारणलाई खोप लगाउन आह्वान गर्दै आएका छन् ।  ...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखराको दौडाहामा निस्कने भएका छन् । बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत उनी पोखरा जाने छन् । पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा सभागृह जाने कार्यक्रम छ । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ ।ओली सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आम सभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम...
प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ ९१० अनुसार बनेको ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न दाहाल–नेपाल समूह कम्मर कसेर लागे पनि उनीहरूको प्रयासले सार्थकता पाउन कठिन छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र संसद्को तेस्रो ठूलो दल जनता समाजवादीले दाहाल नेपाल समूहलाई पहिला आफ्नो दल स्पष्ट गर्न आग्रह गरेलगत्तै उनीहरूलाई नयाँ सरकार बनाउन सकस देखिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपा कानुनी रूपमा विभाजन नहुँदासम्म दाहाल नेपालले सोचेअनुसार ओली नेतृत्वको सरकार विस्थापन गर्न कठिन हुने दाबी गरे । संविधानको धारा ७६ को उपधारा २...
नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

आर्थिक
  काठमाडौँ  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जरङ्खु शाखा कार्यालयले नौंलो जीवन समृद्धि जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ । आत्मा हत्या गरि निधन भएकी गजुरेलले नौलो जिवन बीमा अन्तर्गत १ लाख ५० हजार रकम बराबरको बीमा गराएको कम्पनीले जनाएको छ ।नुवाकोटको सरस्वती बजगाईं गजुरेलले आत्मा हत्या गरेकी थिइन्। शनिबार बेलकोटगडी नगरपालीका वडा नं ९ का अध्यक्ष बाबु राम गजुरेल त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्स जरंखु शाखाका अध्यक्ष कपिल आचार्य , सदस्य राजु बगाले , गणेश श्रेष्ठ , व्यवसाय संयोजक सुमन बजगाईं शाखा प्रबन्धक पूर्णप्रसाद ढुंगानाले एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्स जारंखु उपशाखाकाका प्रमूख पूर्ण प्रसाद ढुंगानाका अनुसार आत्मा हत्या गरी मृत्यु भएकि विमित सरस्वती बजगाईं गजुरेलको छोरी रेशिका गजुरेल लाई कम्पनीले बीमाङ्क रकम वापतको...
चुनावका नाममा आयोगले गर्यो  १० करोड खर्च

चुनावका नाममा आयोगले गर्यो १० करोड खर्च

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि धेरै रकम भत्तामा गएको छ । संसद् विघटनको घोषणा गरेकै दिन बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले निर्वाचन आयोग पदाधिकारीलाई तयारी थाल्न निर्देशन दिएका थिए । त्यसयता आयोगले निर्वाचनका लागि आवश्यक तयारीका क्रममा विभिन्न शीर्षकमा करिब १० करोड खर्च भएको अनुमान आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले गरे । रकम केन्द्र र जिल्ला दुवैतिर खर्च भएको छ । ‘अहिलेसम्म सबै शाखाबाट कहाँ कति खर्च भयो भन्ने यकिन हिसाब आइसकेको छैन । यद्यपि, विभिन्न शीर्षकमा भएको खर्चको ठाडो अनुमान गर्दा करिब १० करोड खर्च भएको होला,’ श्रेष्ठले भने । प्रवक्ता...
आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन १७ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ ।महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति प्रदे...
आज २०७७ फागुन १७ गते सोमबारको राशिफल

आज २०७७ फागुन १७ गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो...