Monday, May 25
Shadow

Month: February 2021

वि.ओ.पि  विजयनगरमा अबैध कुखुरा नष्ट

वि.ओ.पि विजयनगरमा अबैध कुखुरा नष्ट

आर्थिक, समाचार, स्थानिय तह
कपिलवस्तु , २० माघ , विजयनगर कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५०किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ३५० किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ । सोमवार रात्रि करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा गरि ल्याउँदै गरेको अवस्थामा गस्ती टोली लाई देखि कुखुरा छोडी मानिस भागेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के. सी. ले जानकारी दिनुभएको छ । प्रहरीले बरामद गरिएको ३५० किलो कुखुराको अन्दाजी मुल्य १ लाख पर्ने उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहर...
मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २० । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ–छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ । आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ–छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए । उनले भने, ‘समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।’ इटालि...
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन् । यसअघिको बैठकबाट संवैधानिक निकायमा गरिएका ३८ नियुक्ति विवादमै रहेका बेला प्रधानमन्त्री ओलीले फेरी परिषदको बैठक बोलाएका हुन् । यसअघिको बैठकका सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरेपछि परिषदको सिफारिसमा नयाँ विवाद शुरु भएको छ । सभामुखले परिषदको सिफारिस फिर्ता गरेको विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् । यस अघिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेका थिए । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । परिषदले गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तिया...
‘प्रचण्ड’ विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने

‘प्रचण्ड’ विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २०। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने भएको छ। नेपाल ल क्याम्पसमा अध्ययनरत समीर हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गरेका हुन् । प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका थिए ।...
राष्ट्रिय महिला फुटबलः आज वालिङ र चन्द्रपुर भिड्दै

राष्ट्रिय महिला फुटबलः आज वालिङ र चन्द्रपुर भिड्दै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ २० । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ । वालिङ र चन्द्रपुर दुबै टोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ । ५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।...
कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु, संक्रमित कति ?

कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु, संक्रमित कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, माघ २० । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २२ लाख ४६ हजार पुगेको छ । गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो । एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन् । विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ । जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ ।...
देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको  पूर्वानुमान

देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , माघ २०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसार नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भुभागमा आशिंक बदली रहेको छ छ भने बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २० गते (मंगलबार) दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राती : प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रह...
म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ , माघ २० । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै बाइडनले सेनाविरुद्ध कदम चालिने धम्की दिएका हुन् । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने बताएका छन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ । युरोपेली संघ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।...
बर्डफ्लुको त्रासः कुखुराको मासु बिक्री घट्यो

बर्डफ्लुको त्रासः कुखुराको मासु बिक्री घट्यो

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए । नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छु, श्रेष्ठले भने, बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए ।...
आवश्यकता भन्दा धेरै नुन खान्छन् नेपाली, ६६ लाख अझै ढिकेनुनकै भरमा

आवश्यकता भन्दा धेरै नुन खान्छन् नेपाली, ६६ लाख अझै ढिकेनुनकै भरमा

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, २० माघ । देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको २२ प्रतिशत ढिकेनुन प्रयोग गरिरहेका छन् । जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ । सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ । स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर नेपालीले औसत ९.१ ग्राम नून प्रतिव्यक्ति प्रतिदिन प्रयोग गर्छन् । सामान्यतय एक वयस्क मानिसलाई दैनिक १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने स्वास्थ्य...