Friday, March 29
Shadow

वि.ओ.पि विजयनगरमा अबैध कुखुरा नष्ट


  • -इ
  • इ+


कपिलवस्तु , २० माघ , विजयनगर
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५०किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ३५० किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ । सोमवार रात्रि करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा गरि ल्याउँदै गरेको अवस्थामा गस्ती टोली लाई देखि कुखुरा छोडी मानिस भागेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगरका सशस्त्र प्रहरी निरिक्षक
कृष्ण बहादुर के. सी. ले जानकारी दिनुभएको छ ।

प्रहरीले बरामद गरिएको ३५० किलो कुखुराको अन्दाजी मुल्य १ लाख पर्ने उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के. सी कमान्डमा ७ जना र ईलाका प्रहारी कार्यलय गणेशपुरबाट प्रहारी निरिक्षक रण बहादुर बिष्टको कमाण्डमा ५ जनको संयुक्त गस्ती टोलीलाई देख्ने बित्तिकै कुखुरालाई छोडेर भागेको के. सी ले बताउनुभयो ।

प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares