Friday, April 19
Shadow

देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको पूर्वानुमान


  • -इ
  • इ+

काठमाडौं , माघ २०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसार नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पहाडी भुभागमा आशिंक बदली रहेको छ छ भने बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २१ गते (बुधबार)

दिउँसो : देशको सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडि भू(भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू(भागमा आंशिक बदली  साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू(भागमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २२ गते (बिहिबार)

दिउँसो : देशको सुदुर पश्चिम र कर्णालि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भूभागमा आंशिक बदली  साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ र सुदुर पश्चिम र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना पनि रहेको छ।

राती : देशको सुदुर पश्चिम,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ र सुदुर पश्चिम प्रदेश ,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका भूभागहरुमा  हुस्सु्रकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares