Friday, April 26
Shadow

आवश्यकता भन्दा धेरै नुन खान्छन् नेपाली, ६६ लाख अझै ढिकेनुनकै भरमा


  • -इ
  • इ+

काठमाडौं, २० माघ । देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको २२ प्रतिशत ढिकेनुन प्रयोग गरिरहेका छन् । जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ । सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ ।

स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर नेपालीले औसत ९.१ ग्राम नून प्रतिव्यक्ति प्रतिदिन प्रयोग गर्छन् । सामान्यतय एक वयस्क मानिसलाई दैनिक १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । राजधानी दैनिकबाट

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares