काठमाडौं , माघ २०। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने भएको छ।
नेपाल ल क्याम्पसमा अध्ययनरत समीर हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गरेका हुन् ।
प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका थिए ।