Friday, April 26
Shadow

म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी


  • -इ
  • इ+

काठमाडौँ , माघ २० । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै बाइडनले सेनाविरुद्ध कदम चालिने धम्की दिएका हुन् ।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने बताएका छन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ । युरोपेली संघ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares