Saturday, April 25
Shadow

Month: January 2021

दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा बैठकमा छलफल हुनेछ। पार्टी, संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए। पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष दाहाल फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। ओली समूहले  प्रतिनिधि सभा विघटनको बचाउमा कार्यक्रम गरिरहेको छ भने दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी कार्...
देश अब आमनिर्वाचनतर्फ गइसकेको छ : प्रधानमन्त्री ओली

देश अब आमनिर्वाचनतर्फ गइसकेको छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले अब देश निर्वाचनतर्फ होमिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले देश अब आमनिर्वाचनतर्फ होमिएको बताएका हुन्। उनले सरकारलाई पाँच वर्षसम्म लैजान खोजिए पनि नसकिएको बताए। 'समयभन्दा अलिक अगावै नयाँ जनादेशका लागि जनताबीचमा जाँदैछौं', उनले भने, 'प्रतिनिधिसभा विघटन भएको छ, अब देश आमनिर्वाचनतर्फ उन्मुख भएको छ।' उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा काम गर्दै अगाडि जाने सोचे पनि नेकपाका केही नेताको बखेडाका कारण त्यो सम्भव नभएको बताए।...
आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।...
कृष्णनगरमा नेकपा दहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कृष्णनगरमा नेकपा दहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राजनिती, समाचार, स्थानिय तह
कृष्णनगर, पुस २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कृष्णनगर नगरकमिटीको आयोजना नेकपा कृष्णनगर नगर कमीटी अध्यक्ष जावेद आलम खां को अध्यक्षता ,नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे, प्रदेश कमिटी सदस्य बालकराम बुढा, लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष विजय जयसवाल लगायत अन्य रहनु भयो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा ...
वरुण गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा, के यो वर्ष विहे गर्दैछन् ?

वरुण गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा, के यो वर्ष विहे गर्दैछन् ?

मनोरञ्जन
काठमाडौं, पुस २५ । बलिउड अभिनेता वरुण धवन पछिल्लो समय फिल्ममा काम गरेर भन्दा पनि बढी गर्लफ्रेन्ड नताशा दलालसँगको सम्बन्धका कारण चर्चामा आइरहेका छन् । पछिल्ला दिन यी दुवै जनाको विवाह हुने चर्चा पनि बढिरहेको छ । त्यसो त यसअघि नै यी दुईले विवाह गर्ने भनेका थिए तर कोरोनाका कारण उनीहरुको विवाह रोकिएको थियो ।  अब एक अन्तर्वार्तामा वरुणले यसबारे खुलेर कुरा गरेका छन् । उनले भनेका छन् कि सन् २०२१ मा उनीहरुको विवाह हुने सम्भावना बढी छ । तर, अहिलेसम्म यसबारे केही पनि फिक्स नभइसकेको उनीहरुले बताएका छन् ।...
उत्तर कोरियाले गर्यो परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

उत्तर कोरियाले गर्यो परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् । उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका छन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्न केही दिन बाँकी रहेका समय नेता किमको टिप्पणी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बत...
वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २५ । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । वि.सं.१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज विहान निधन भएको हो । केही समय यता उनी अल्जाम्यमर्सबाट पीडित थिए । उनले लेखेका उदास मेरो जीवन कथा, जुन फूल मैले चाहेको थिएँ, हो यात्री, आफ्नै कथा जिन्दगीको उनका लोकप्रिय गीत हुन् । उनले आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीत लेखेका छन् । उनी कविता पनि लेख्थे . वि.सं. २००५ सालबाट कविता लेख्न थालेका उनले लेखनाथ पौड्यालको प्रेरणाले कविता लेख्न थालेका थिए ।कविता र गीतमा खासै केही फरक नरहेको बताउने उनी छन्दमा लेखेमा गीत बन्ने उनको धारणा थियो । पछिल्लो समय उनी नयाँ गीतमा छाडापन आएको बताउँदै आएको थिए । आजै उनको पशुपति आर्यघाटमा दाह संकार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।...
५५ फीटको कपाल, कसरी स्याहार्छिन् होला

५५ फीटको कपाल, कसरी स्याहार्छिन् होला

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । आज  हामी यस्ती महिलाको बारेमा लेख्दैछौं जसको कपालले विश्वकीर्तिमान नै राखेको छ । लामो कपालले महिलाको सुन्दरता बढाउन मद्दत गर्छ । लामो र घना कपाल राख्ने धेरै महिलाको इच्छा हुन्छ । अमेरिकाको फ्लोरिडामा बस्ने आशा मन्डेलाको कपाल ५५ फीट लामो छ र कपालको तौल २० किलो छ । कपाल धुनैका लागि उनले एकचोटिमा ६ बोतल श्याम्पू खर्च गर्छिन् । एकचोटि नुहाएपछि उनको कपाल सुक्न दुई दिन लाग्छ । एजेन्सीको सहयोगमा...
भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २५ । भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाइने भएको छ ।शनिबार कोरोनाको खोप लगाउने अभियान शुरु गर्न बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको बैठकपछि सो निर्णय लिइएको हो । भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको अनुमति दिइसकेको छ । खोप अभियानको पहिलो चरणमा लगभग ३ करोडलाई दिइने बताइएको छ । जसमा स्वास्थ्य कार्यकर्ता, अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई प्राथमिकता दिइने भएको छ । यस पछि ५० बर्षभन्दा बढी उमेरका र गम्भीररुपले विरामी रहेकालाई खोप दिइने बताइएको छ । उनीहरुको संख्या करिब २७ करोड भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माघ ३ गते (जनवरी १६०) को दिन कोरोनाविरुद्धको लडाईमा महत्वपूर्ण दिन हुने बताएका छन् । मोदीले यस अभियानमा बहादुर डाक्टर, हेल्थकेयर वर्कर्स, सफाई कर्मचारसहित फ्रन्टलाइन कर्मचारीलाई पहि...
६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस २५ । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् । जहाज हराएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन् । सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ ।...