Thursday, April 18
Shadow

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २६
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares