Thursday, April 18
Shadow

भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने


  • -इ
  • इ+

 

काठमाडौँ , पुस २५ । भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाइने भएको छ ।शनिबार कोरोनाको खोप लगाउने अभियान शुरु गर्न बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको बैठकपछि सो निर्णय लिइएको हो ।

भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको अनुमति दिइसकेको छ ।

खोप अभियानको पहिलो चरणमा लगभग ३ करोडलाई दिइने बताइएको छ । जसमा स्वास्थ्य कार्यकर्ता, अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई प्राथमिकता दिइने भएको छ । यस पछि ५० बर्षभन्दा बढी उमेरका र गम्भीररुपले विरामी रहेकालाई खोप दिइने बताइएको छ । उनीहरुको संख्या करिब २७ करोड भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माघ ३ गते (जनवरी १६०) को दिन कोरोनाविरुद्धको लडाईमा महत्वपूर्ण दिन हुने बताएका छन् । मोदीले यस अभियानमा बहादुर डाक्टर, हेल्थकेयर वर्कर्स, सफाई कर्मचारसहित फ्रन्टलाइन कर्मचारीलाई पहिलो प्राथमिकता दिइने बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares