Thursday, March 28
Shadow

देश अब आमनिर्वाचनतर्फ गइसकेको छ : प्रधानमन्त्री ओली


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २६
प्रधानमन्त्री केपी शर्मा ओलीले अब देश निर्वाचनतर्फ होमिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले देश अब आमनिर्वाचनतर्फ होमिएको बताएका हुन्।

उनले सरकारलाई पाँच वर्षसम्म लैजान खोजिए पनि नसकिएको बताए। ‘समयभन्दा अलिक अगावै नयाँ जनादेशका लागि जनताबीचमा जाँदैछौं’, उनले भने, ‘प्रतिनिधिसभा विघटन भएको छ, अब देश आमनिर्वाचनतर्फ उन्मुख भएको छ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा काम गर्दै अगाडि जाने सोचे पनि नेकपाका केही नेताको बखेडाका कारण त्यो सम्भव नभएको बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares