Friday, April 24
Shadow

Month: January 2021

ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २५ । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । कहिले काहीँ पार्टीको गल्तीका कारण तानाशाहहरु जन्मिने भन्दै उनले त्यसविरुद्ध फेरि संघर्ष गर्दै जानुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गरे । मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने खनालको दाबी ...
स्वदेश फर्किए प्रचण्ड

स्वदेश फर्किए प्रचण्ड

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाडौँ , पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल आज स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।...
‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’

‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’

ब्यानर समाचार, राजनिती
  काठमाडौ , पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको बताएका छन्। संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि उनले बताए। अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने पनि सभापति देउवाले विश्वास व्‍यक्त गरे। तर अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले पनि उनले बताए। धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍य...
नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ :  प्रधानमन्त्री ओली

नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिएका छन् । युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताए । “सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसद्मा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, उनले भने । प्रधानमन्त्रीले ताजा जनादे...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष २५ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले भक्तपुर संघका टिमको कार्य सफलता र सम्पूर्ण व्यवसायीको सफलताको शुभकामना व्यक्त गरे । साथै, महासंघका सह कोषाध्यक्ष प्रेम महर्जन,महासंघका बागमती प्रदेश सचिव राज कार्की,काभ्रे,दोलखाका अध्यक्ष लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठ,उपाध्यक्ष सुब रत्न बज्राचार्य,सचिव दीपक बासुकला,कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ लगाएतले संघको गतिविधि सहित प्रतिवेदन पेश गर्नुभएको थियो । ...
प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शनिबार राजधानीमा धोती जुुलुस निकालीएको छ । ओलीले गरेको प्रतिनिधि सभा विघटनको समर्थनमा जुलुस निकालिएको हो। ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नाराका साथ जुलुस निकालिएको हो। जुलुसका सहभागीले धोती, कुर्ता र गम्छा पहिरिएका थिए। जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो। नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो। कुनै समय ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्ने गरेका थिए । संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेका थिए। ओलीले पक्षले मधेशको समर्थन देखाउन काठमाडौंमा ‘धोती जुलुस’ निकालेको हो। ओलीको निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म ध...
त्रिवि र आन्दोलनरत आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

त्रिवि र आन्दोलनरत आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
  काठमाडौं, पुस २५। .त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ। विश्वविद्यालय र संघबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह ९करार०मा नियुक्ति दिने सहमति भएको छ। यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन्। संघका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ। सहमत...
मुम्बई गएका प्रचण्ड आज स्वदेश फर्किँदै, पत्नीको स्वास्थ्य अवस्था यस्तो छ

मुम्बई गएका प्रचण्ड आज स्वदेश फर्किँदै, पत्नीको स्वास्थ्य अवस्था यस्तो छ

ब्यानर समाचार, स्वास्थ्य
  काठमाडौँ , पुस २५ । पत्नीको उपचारका लागि भारतको मुम्बई गएका नेकपा कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किँदै छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि गएको सोमबार नयाँ दिल्ली हुँदै मुम्बई गएका थिए। उनी शनिबार दिउँसो ३ बजे छोरी रेणुका साथ फर्किने कार्यक्रम छ । उनीहरु नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौँ उडानबाट स्वदेश फर्कन लागेका हुन् । सीता दाहालको मुम्बईमा उपचार भइरहेको छ।...
वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यता रहेको टिप्पणी गरेका छन् । हेर्नुहोस उनले सामाजिक संजालमा जारी गरेको अपिल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान अपिल आदरणीय कमरेडहरु, आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि माक्र्स...
.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन :  डा. बाबुराम भट्टराई

.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन : डा. बाबुराम भट्टराई

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै दिन नटिक्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. भट्टराईले ओली सरकारको चुरिफुरी केहि दिनका लागि मात्रै भएको बताएका छन् । ओलीले संविधानविपरीत प्रनिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेका कारण सरकारविरुद्ध आन्दोलन शुरु भइसकेकाले ओलीको चुरिफुरी अब धेरै दिन नटिक्ने उनको भनाइ छ ।ओलीले जनतालाई धोका दिएर राजा महेन्द्रको बोटो रोजेको भट्टराईको आरोप छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पञ्चायत जस्तो धेरै वर्ष यो सरकार नरहने स्पष्ट पारे । पञ्चायत जस्तो यो सरकार ढाल्न ३० वर्ष नलाग्ने ३० दिन वा तीस हप्ताभित्र फलिसक्ने उनले स्पष्ट पारे। ‘प्रतिगमनकारी सरकार ३० दिनभित्रै नभए ३० हप्ताभित्र फालिसक्छौं,’ भट्टराईले भने । यो सरकार फालेर प...