Friday, March 29
Shadow

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन


  • -इ
  • इ+

काठमाडौं , पुस २५ । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । वि.सं.१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज विहान निधन भएको हो । केही समय यता उनी अल्जाम्यमर्सबाट पीडित थिए ।

उनले लेखेका उदास मेरो जीवन कथा, जुन फूल मैले चाहेको थिएँ, हो यात्री, आफ्नै कथा जिन्दगीको उनका लोकप्रिय गीत हुन् । उनले आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीत लेखेका छन् ।

उनी कविता पनि लेख्थे . वि.सं. २००५ सालबाट कविता लेख्न थालेका उनले लेखनाथ पौड्यालको प्रेरणाले कविता लेख्न थालेका थिए ।कविता र गीतमा खासै केही फरक नरहेको बताउने उनी छन्दमा लेखेमा गीत बन्ने उनको धारणा थियो ।

पछिल्लो समय उनी नयाँ गीतमा छाडापन आएको बताउँदै आएको थिए । आजै उनको पशुपति आर्यघाटमा दाह संकार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares