Friday, March 29
Shadow

दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा बैठकमा छलफल हुनेछ। पार्टी, संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए।

पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष दाहाल फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।

ओली समूहले  प्रतिनिधि सभा विघटनको बचाउमा कार्यक्रम गरिरहेको छ भने दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी कार्यक्रम गरिरहेको छ।

दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ। उता, ओली समूहले भने श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइ प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउँदै केन्द्रीय समिति विस्तार गरेको छ।

दुवै समूहले आफू नै आधिकारिक नेकपा भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares