Sunday, April 28
Shadow

Month: January 2021

कोरोनाविरुद्ध खोप अभियान :  चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

कोरोनाविरुद्ध खोप अभियान : चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ १७ । कोरोनाविरुद्धको खोप अभियानको चौथो दिनसम्म देशभर ६४ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ६४ हजार ४२२ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चौथो दिन १४ हजार ८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जस अनुसार प्रदेश १ मा १५४७, प्रदेश २ मा २११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकी प्रदेशमा १८८७, लुम्बिनी प्रदेशमा २०६३, कर्णाली प्रदेशमा ९५५ र सुदूरपश्चिम प्रदेशमा ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रलायले सञ्चार माध्यमलाई खोप...
‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई छैन, अब जनताले कारबाही गर्छन् :  डा केसी

‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई छैन, अब जनताले कारबाही गर्छन् : डा केसी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १७ । चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले ‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा। केसीले संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको बताएका हुन । उनले भने, ‘संविधानको हत्या गर्ने तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।’ आफूहरु कुनै पनि पार्टीको समर्थन र विरोधमा नभएर संविधानको रक्षार्थ आन्दोलनमा होमिएको उनले बताए ।उनले प्रधानमन्त्री ओलीले नागरिकका हक अधिकार खोस्ने काम गरेको समेत आरोप लगाए । देश र जनता समृद्धिको बाटोतिर अगाडि बढ्लान् भनेर झन्डै दुई तिहाई दिए पनि नेकपा र उ नेतृत्वको सरकारले काम गर्न नसकेको पनि डा। केसीको भनाइ रहेको थियो ।...
सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् । नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईको छोरा हुन् भने गृष्मा भाईको छोरी हुन् । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।...
नेपालमा पनि भित्रियो बर्ड फ्लू, २५ सय पंक्षी नष्ट

नेपालमा पनि भित्रियो बर्ड फ्लू, २५ सय पंक्षी नष्ट

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १७ । भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका( ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ । विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ । रोग अन्यत्र फैलन नदिन...
एपिएफलाई हराउँदै आर्मीले उचाल्यो पिएम कपको उपाधि

एपिएफलाई हराउँदै आर्मीले उचाल्यो पिएम कपको उपाधि

खेलकुद, मुख्य समाचार
काठमाडौं, १७ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपल्ट त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आज भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि हात पारेको हो । पीएम कपका चारै संस्करणको फाइनलमा पुगे पनि आर्मीले उपाधि उचाल्न सकेको थिएन । पहिलो संस्करणमा वर्षा बाधक बनेपछि आर्मी र पुलिसले उपाधि बाँडेका थिए । अर्को विभागीय टोली त्रिभुवन आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।...
मन्त्री आले भन्छन् -नेता रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु

मन्त्री आले भन्छन् -नेता रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली पक्षका नेता तथा वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते आफूले राजनीतिबाटै सन्यास लिने बताएका छन । शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रावलसँग चूनाव लड्ने हिम्मत नभएको भन्दै प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन । उनले रावलसँग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको बताउँदै सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क गरे ।उनले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाब मागिने धारणा राखे । मन्त्री ओलेले तोकिएको समयमा नै निर्वाचन हुने र अव आफूहरुको प्रतिस्पर्धी कांग्रेस मात्र हुने तर्क गरे।मन्त्री आलले प्रधानमन्...
आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि

आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि

खेलकुद, समाचार
काठमाडौँ, माघ १७ सहारा क्लब पोखराले हरेक वर्ष सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि २८ सम्म पोखरा रंगशालामा हुने भएको छ । आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जनाकारी गराएको हो । प्रतियोगितामा विदेशी टिम, ‘ए’ डिभिजन क्लबहरु, मोफसलका क्लब र आयोजक सहारा क्लब गरी १२ टिमलाई सहभागी गराउने प्रयास गरेको तर अहिलेको अवस्थामा टिम संख्या र विदेशी खेलाडीको आगमनका बारेमा तत्काल भन्न सक्ने अवस्था नहरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगिताको टिकट शुल्क र पुरस्कार रकम पनि सार्वजनिक गरिएको छैन । ‘हामी अहिले असहज परिस्थितिमा छौँ, त्यसैले तत्कालै केही प्रतिवद्धता गर्न मिल्दैन । पछि अवस्था हेरेर टिकट शुल्क र पुरस्कार रकम सार्वजनिक गरिन्छ’, थापाले भने । गत वर्षको विजेता मनाङ मर्स्याङ्दी क्लबले १० लाख १ हजार र उपविजेता नेपाल पुलिस...
दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १७ चर्चित गायक रेशम थापा,दिपक ढकाल,रामहरि भण्डारी,सानु के सी,लक्ष्मी दर्नाल र जिवना हुमागाई को नयाँ लोकदोहोरी गीत “बाटो छ भिरलो पछ्यौरी २” डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक ढकालको प्रस्तुति रहेको गीतमा काठँ क्षेत्रको चर्चित गायक सानु के सीको शब्द ,संगीत दिपक ढकालको रहेको छ भने यो दोहोरी भाकालाई संगीत सरोबर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेश पुडासैनी,आभास पुडासैनी र रिया पन्त को दमदार अभिनय देख्न सकिन्छ । “बाटो छ भिरलो पछ्यौरी २” गीतको भिडियोलाई दिपक ढकाल को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?fbclid=IwAR1cCZmLh7vODXCKLwoVlMAYKaVoj6MwdIBfT0M5jgiUu6HqNXAV5in4ido&v=jjupZtG2tzM&feat...
मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्‍गलमा आगो बलिरहेको छ। मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन्। “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन,” नासो गाउँपालिका-८ ताचैका वडाध्यक्ष हुपजङ्‍ग गुरुङले भने। चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो। यहाँ जम्मा ६३ घरधुरी छन्। तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्‍ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए। तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनलेको भनाइ छ। उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्‍निरेखा बनाउन सफल भएको बताउँदै भने, “पाइपको व्यवस्था ग...
प्रधानमन्त्री ओली चितवन जाँदै, सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली चितवन जाँदै, सभालाई सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका केही शीर्ष नेता चितवन जान लागेका हुन् । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिइन् । सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर र्यालीसहित आउने व्यवस्था गरिएको उन को भनाई छ । उनका अनुसार पूर्वबाट आउने नेता कार्यकर्तालाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउनेलाई चौबीसकोठी र उत्त...