Sunday, May 12
Shadow

Month: January 2021

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
खोटाङ, माघ १७ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन् । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी ...
केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

अपराध, दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १७ रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेको नुवाकोटमा ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । गल्छीहुदै काठमाडौ बिहीबार बिहान जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले दिएको ठक्करबाट ज्यान गएको हो । उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । त्यहाँ लैजादाँ मृत्य भैसकेको चिकित्सकले बताएका थिए । उनलाई ट्रिपरले ठक्कर दिएर ज्यान लिएको र उपचारको लागी अस्पताल लगेको भनेर प्रहरीले भनेपनि घटनाको तथ्य बङ्गाउनको लागी त्यसो गरेको पाइएको छ । घाइतेलाई उपचारको लागी अस्पतालमा लगेको भएपनि उनले लगाएको हेलमेट टाउकोबाट ननिकालेको, मुखमा लगाएको माक्स समेत नझिकेको पाइनुले प्रहरीले ठक्कर दिने ट्रिपरलाई बचाउनको लाग...
दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी

दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , माघ १७ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ । आयोगले हिजो नेकपाको दुवै समूहका नेताहरुसँग छलफल गरेर सरकारले निर्वाचनको मिति घोषणा गरीसकेकाले दल दर्ता प्रक्रिया अघि बढाउने संकेत गरेको हो । निर्वाचनसम्बन्धी काम अघि नबढाए तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन नसक्ने भन्दै आयोगले छलफल प्रक्रियाका लागि छलफल सुरु गरेको जनाएको छ । आयोगले निर्वाचनको आचार संहिता तयार पारिसकेको र अर्थमन्त्रालयसँग निर्वाचनका लागि बजेट माग्ने तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम पनि सँगैसँगै अघि बढाएको आयोगले जानकारी दिएको छ । यता गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल सम...
प्रधानमन्त्री कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

प्रधानमन्त्री कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ १७ । चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।...
आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, अन्य ठाउँमा कस्तो ?

आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, अन्य ठाउँमा कस्तो ?

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ १७ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ साथै तराईका केहि भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। यस्तै, राति प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरु...
शैक्षिक सत्र लथालिङ्ग, मन्त्री पार्टीकै काममा व्यस्त

शैक्षिक सत्र लथालिङ्ग, मन्त्री पार्टीकै काममा व्यस्त

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, माघ १७ । एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिना मात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलगायत विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहेको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषदमा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चिन्ता र चासो जोडिएको यो विषयमा मन्त्रीले न निर्णय लिन सकेका छन्, न कुनै सकारात्मक पहल गरेका छन् । लकडाउनले क्षति पुगेको शैक्षिक कार्यक्रमहरुलाई कसरी जोगाउने र टुंगोमा पुर्याउने भन्नेमा मन्त्रीले अहिलेसम्म कुनै योजना अघि सारेका छैनन् । एसईई संघ, प्रदेश, स्थानीय तह वा विद्यालय कसले सञ्चालन गर्ने विषय पनि टुंगो नलाग्दा आमविद्यार्थी र अभिभावक अनिश्चयमा छन् । मन्त्री क्षेष्ठले महत...
मानवसेवा आश्रमको राष्ट्रिय उद्धार मेची महाकाली यात्रा समापन (फोटो फिचर)

मानवसेवा आश्रमको राष्ट्रिय उद्धार मेची महाकाली यात्रा समापन (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, समाचार, समाज
काठमाण्डौँ, माघ १७  शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मानवसेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगतको मेची महाकाली यात्राको समापन समारोह
प्रचण्ड नेपाल समुहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै, ५० हजार नागरिक उतार्ने तयारी

प्रचण्ड नेपाल समुहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै, ५० हजार नागरिक उतार्ने तयारी

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ १७ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शनिबार० सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सम्बोधन गर्नेछन् । धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिएका छन् । धनगढीको दुई ठाउँबाट र्‍याली निकालिने लामाले जानकारी दिएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन्...
काठको विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघको अनुरोध

काठको विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघको अनुरोध

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, माघ १६ सामुदायिक वनको काठको सदुपयोग तथा विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघले सरकारलाई अनुरोध गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी सामुदायिक वन उपभोक्ता समूहहरुको मागलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रिज्यू, वन तथा वातावरण मन्त्रीज्यू र मन्त्रालयको सकृयतामा नेपाल सरकार (मन्त्रिपरिषद) बाट बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्ने र वन ऐन २०७६ कार्यान्वयनका लागि यथाशीघ्र नयाँ वन नियमावली तर्जुमा गर्ने निर्णय गरिएकोमा सम्माननीय प्रधानमन्त्रिज्यू, नेपाल सरकार (मन्त्रिपरिषद), माननीय वन तथा वातावरण मन्त्रीज्यू र वन तथा वातावरण मन्त्रालयप्रति महासंघका अध्यक्ष भारती पाठकद्धारा जारी विज्ञप्ति मार्फत धन्यवाद दिईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आफ्नो स्थापना काल देखि नै सामुदायिक वन उपभोक्ता समुहको अधिकारको सुनिश्चित...
प्रधानमन्त्रीले संसद् विघटन मात्र होइन, देशको लोकतन्त्र माथि नै हमला गर्नुभएको छ :  प्रचण्ड

प्रधानमन्त्रीले संसद् विघटन मात्र होइन, देशको लोकतन्त्र माथि नै हमला गर्नुभएको छ : प्रचण्ड

ब्यानर समाचार, राजनिती
विराटनगर , माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताएका छन् । सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उनले ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन लोकतन्त्र माथि नै हमला गर्नुभएको छ’ भने । पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै उनले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए । अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेपाली ...