Friday, April 24
Shadow

Month: January 2021

प्रधानमन्त्री ओलीको प्रश्न -निर्वाचनबाट किन डराउने ? भन्छन्- सर्वोच्चका न्यायाधिशलाई भेटेको छैन

प्रधानमन्त्री ओलीको प्रश्न -निर्वाचनबाट किन डराउने ? भन्छन्- सर्वोच्चका न्यायाधिशलाई भेटेको छैन

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर रु नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर रु रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।” प्रधानमन्त्री ओलीले केही मान्छेको प...
ईनोभेटिभ कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न

ईनोभेटिभ कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न

आर्थिक, कृर्षि, समाचार, समाज, स्थानिय तह
नुवाकोट, माघ ३ कृषिमा एक पटकको लगानी, ईनोभेटिभ बाट जीवन भरको आम्दानी भन्ने उदेश्यका साथ विदुर नगरपालिका वडा नं ५ मा संचालनमा आएको ईनोभेटिभ कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाका अध्यक्ष देबेन्द्र गजुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विदुर नगरपालिकाकी उप मेयर गीता कुमारी दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उप मेयर दाहालले, सम्पुर्ण नेपाली अब कृषि मा लाग्नु पर्ने र कृषि सहकारी बाट नै आधुनिक कृषि सम्भब भएको बताईन् । अब धुलो ,माटोलाई घिन मान्ने हैन माया गर्नु पर्छ अनि मात्र हामि नेपाली सुखि र समृद्धिको यात्रामा जाने उनले बताईन् । संस्थाको नयाँ कार्य समितिमा मुरारि गजुरेललार्ई चयन गरेको छ । साथै संस्थाको संचालक समितिको उपाध्यक्षमा मधु बहादुर गजुरेल, सचिव राजेन्द्र पनेरु, कोषाध्यक्ष केदार ढकाल, सदस्यहरु, विज...
भारत भ्रमण पूरा गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, सिमा विवाद बारे कुर्रै भएन

भारत भ्रमण पूरा गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, सिमा विवाद बारे कुर्रै भएन

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनले भ्रमणका क्रममा त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् भने दुई देशबीचको संयुक्त आयोगको बैठकमा भाग लिएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भरतीय समकक्षी एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास गरेपनि मोदीसँग भेट भने हुन सकेन । नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक : भारत भ्रमणको क्रममा ज्ञवालीले शुक्रबार नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गर...
पैसा कमाउने शुत्र : दिउँसो सपना देख्नुस्, धनी बन्न राती होइन !

पैसा कमाउने शुत्र : दिउँसो सपना देख्नुस्, धनी बन्न राती होइन !

आर्थिक, जिवनसैली, टिप्स, ब्यानर समाचार 2
काठमाण्डौँ, माघ ३ पैसा भन्ने वित्तिकै महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । पैसाको आवश्यकता कसलाई छैन । सबैलाई हुन्छ । किनकी बदलिदो परिवेश फेरिदो समाजमा उपभोग गर्ने बानी धेरैको छ । आफ्नो चाहानाको बस्तु उपभोग गर्न पैसाकै जरुरत पर्छ । सामान्य जीवन यापन गर्नदेखि ठूलो विजनेस स्टार्ट गर्न पैसा नभइ नहुने कुरा हो । पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा पाइन सक्छ । यो एक माध्याम मात्र हो तर, नभइ हुँदैन । धेरै युवाहरुको सपना धेरै हुन्छन् । त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन् । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन तपाईले फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ । आफूलाई महत्वकांक्षी बनाउनुहोस् । सपना पाल्नुस् तपाईको रातको सपनाले काम गर्दैन । दिउँसो सपना देख्नुस् । कुनैपनि काम गर्नका लागि पहिले सपना नभइ हुँदैन । बल्ल त्यो सपनालाई मुर्त रुप दिन अघि बढ्नुस् । पै...
नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली-डोटी शाखाको अध्यक्षमा पुन : सापकोटा

नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली-डोटी शाखाको अध्यक्षमा पुन : सापकोटा

समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थि/कैलालि, माघ ३ नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली डोटी शाखाको अध्यक्षमा पुन : हरिलाल सापकोटा चयन भएका छन् । सोमबार कैलालीको जोशीपुर गाउँपालिका ४ झबही गाउँमा भएको द्रोसो चुनावी अभिवेसनले पुन : पुरानै टिमलाई निर्बिरोघ चयन गरेको हो । द्रोसो चुनावी अभिवेसनले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कमल थापा, सचिवमा भवन प्रसाद ओली, कोषाध्यक्षमा प्रकाश चौधरी चयन भएको निर्वाचन संयोजक केशव दत्त जोशीले जानकारी दिए । त्यस्तै सदस्यमा अनुप रावत, दुर्गा प्रसाद चौधरी र भक्त बहादुर बोगटी रहेको उनले बताए । चुनाबी प्रकृया मार्फत पुरानै टिमलाई चएन गरीएको उनले बताए । माघ पहिलो साथ बस्ने पहिलो बैठकले २ जनालाई मनोनीत गर्ने बताईएको छ । पशुपन्छी औषधी व्यवसायको क्षेत्रमा सरकारका कारण कर लगायतका विषयमा निकै समस्या देखिएको हुँदा त्यसलाई समाधान गर्न तर्फ आफूहरू लाग्ने अध्यक्ष हरि...
चुनाव चिन्ह र लेटरप्याडको दुरुपयोग नगर्न ओलीलाई नेपालको चेतावनी

चुनाव चिन्ह र लेटरप्याडको दुरुपयोग नगर्न ओलीलाई नेपालको चेतावनी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ३ प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको नाम, चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएका छन्। प्रेस संगठनले शनिबार बिहान दाङको घोरहीमा आयोजना गरेको पत्रकार सम्मलेनमा अध्यक्ष नेपालले आधिकारिक नेकपा आफूहरु भएको दावी गरे। ‘हामी मूल पार्टी हौँ, त्यसैले चुनाव चिन्ह, लेटरप्याड हाम्रो हुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीले गुटको नेतृत्व गरेका छन्, चुनाव चिन्ह र लेडरप्याडको दुरुपयोग नगर्न चेतावनी दिन्छु। अध्यक्ष नेपालले ओलीको असंवैधानिक कदमले प्रतिगामीलाई हौसाएको र अग्रगमनका पक्षधरलाई निराश बनाएको बताए। उनले आफूहरुले ओलीलाई सुधार गर्न गरेका सबै प्रयत्न असफल भएको बताए। ‘हामीले उनलाई सुधार गर्न अनेकौँ प्रयत्न गर्यौँ, सबै प्रयत्न असफल भए’, उनले भने। अध्यक्ष नेपालले ओली समूहले प्रच...
हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३ । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारका क्रममा उहाँको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
भारतले फेरि लगायो पाम आयलमा प्रतिबन्ध :  नेपाली व्यावसायीहरुको ठूलो लगानी जोखिममा

भारतले फेरि लगायो पाम आयलमा प्रतिबन्ध : नेपाली व्यावसायीहरुको ठूलो लगानी जोखिममा

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ३ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ । इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित...
आज काठमाडौं उपत्यकाका यी स्थानमा हुने छैन बत्ति

आज काठमाडौं उपत्यकाका यी स्थानमा हुने छैन बत्ति

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ, माघ ३ । आज शनिबार काडठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली जाने भएको छ । बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जान लागेको हो । यस्तै, पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरियालगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गतकै गोंगबु फिडर अन्तर्गत पर्ने गोंगबु एरियामा समेत आज ब...
संसद विघटनविरुद्ध कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशका ७५३ वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन गर्दैछ । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (शुक्रबार) एक विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन् । विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका छन् । ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीम...