Saturday, April 20
Shadow

नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली-डोटी शाखाको अध्यक्षमा पुन : सापकोटा


  • -इ
  • इ+


खगेन्द्र अबस्थि/कैलालि, माघ ३
नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घ कैलाली डोटी शाखाको अध्यक्षमा पुन : हरिलाल सापकोटा चयन भएका छन् । सोमबार कैलालीको जोशीपुर गाउँपालिका ४ झबही गाउँमा भएको द्रोसो चुनावी अभिवेसनले पुन : पुरानै टिमलाई निर्बिरोघ चयन गरेको हो ।

द्रोसो चुनावी अभिवेसनले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कमल थापा, सचिवमा भवन प्रसाद ओली, कोषाध्यक्षमा प्रकाश चौधरी चयन भएको निर्वाचन संयोजक केशव दत्त जोशीले जानकारी दिए । त्यस्तै सदस्यमा अनुप रावत, दुर्गा प्रसाद चौधरी र भक्त बहादुर बोगटी रहेको उनले बताए । चुनाबी प्रकृया मार्फत पुरानै टिमलाई चएन गरीएको उनले बताए ।

माघ पहिलो साथ बस्ने पहिलो बैठकले २ जनालाई मनोनीत गर्ने बताईएको छ । पशुपन्छी औषधी व्यवसायको क्षेत्रमा सरकारका कारण कर लगायतका विषयमा निकै समस्या देखिएको हुँदा त्यसलाई समाधान गर्न तर्फ आफूहरू लाग्ने अध्यक्ष हरिलाल सापकोटाले बताए । व्यवसायीका पीरमर्कामा ध्यान दिएर काम गर्न कार्यसमितिलाई कार्यक्रममा सहभागी वक्ताहरूले सुझाव दिएका छन् ।

द्रोसो चुनावी अभिवेसन कार्यक्रममा नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घका केन्द्रीय सदस्य यक्षराज बास्तोला, नेपाल पशुपंक्षि औषधी व्यवसायी सङ्घका अध्यक्ष विष्णु प्रसाद वुर्लाकोटी,क्षेत्रीय पुशसेवा तालिम केन्द्रका प्रमुख डा।केशव दत्त जोशी लगायत व्यक्तिहरू उपस्थिति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares