Thursday, March 28
Shadow

आज काठमाडौं उपत्यकाका यी स्थानमा हुने छैन बत्ति


  • -इ
  • इ+

 

काठमाडौँ, माघ ३ । आज शनिबार काडठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली जाने भएको छ । बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जान लागेको हो ।

यस्तै, पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरियालगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।

महाराजगन्ज वितरण केन्द्र अन्तर्गतकै गोंगबु फिडर अन्तर्गत पर्ने गोंगबु एरियामा समेत आज बिहान ७ बजेदेखि ८ बजेसम्म बत्ती गएको छ।
पछिल्ला केही महिनायता प्राधिकरणले मर्मतका लागि भन्दै तारान्तार बिजुली काट्दै आएको छ। हाल भैरहेको विद्युत कटौतीलाई लोडसेडिङ भन्न नमिल्ने जिकिर प्राधिकरणले गरेपनि सर्वसाधारणले भने अघोषित ढंगले सरकारले लोडसेडिङ गर्न खोजेको आशंका गरिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares