Thursday, March 28
Shadow

पैसा कमाउने शुत्र : दिउँसो सपना देख्नुस्, धनी बन्न राती होइन !


  • -इ
  • इ+


काठमाण्डौँ, माघ ३
पैसा भन्ने वित्तिकै महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । पैसाको आवश्यकता कसलाई छैन । सबैलाई हुन्छ । किनकी बदलिदो परिवेश फेरिदो समाजमा उपभोग गर्ने बानी धेरैको छ ।

आफ्नो चाहानाको बस्तु उपभोग गर्न पैसाकै जरुरत पर्छ । सामान्य जीवन यापन गर्नदेखि ठूलो विजनेस स्टार्ट गर्न पैसा नभइ नहुने कुरा हो ।

पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा पाइन सक्छ । यो एक माध्याम मात्र हो तर, नभइ हुँदैन ।

धेरै युवाहरुको सपना धेरै हुन्छन् । त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन् । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन तपाईले फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ ।

आफूलाई महत्वकांक्षी बनाउनुहोस् । सपना पाल्नुस्

तपाईको रातको सपनाले काम गर्दैन । दिउँसो सपना देख्नुस् । कुनैपनि काम गर्नका लागि पहिले सपना नभइ हुँदैन । बल्ल त्यो सपनालाई मुर्त रुप दिन अघि बढ्नुस् । पैसा त्यतिकै फल्दैन केही त गर्नैपर्छ । त्यो हो काम । पैसा कमाउन चाहनु हुन्छ भने आजैबाट जीन्दगीबारे बुझ्स् योजना बनाउनुस् । जो महत्वाकाक्षी सपना होस् ।

आफ्नो क्षमता बुझ्नस्ः

तपाईले धेरै मानिसहरु चिन्नुहुन्छ तर, आफैलाई चिन्न नसक्दा धोका खाइरहनु भएको हुन सक्छ । शुरुमा तपाईंले आफुलाई चिन्नु जरुरी छ । त्यसैले तपाईं पहिले आफ्नो क्षमताको पहिचान गर्नुहोस् । आफूलाई बुझ्नुस् । र त्यो क्षमता अनुसार के काम उद्यम गर्ने पहिचान गर्नुस् । सफलताको शिखरमा पुग्न धेरै बेर लाग्दैन ।

कडा परिश्रमको फल मिठो हुन्छः

काम गरेर भोक लाग्दा खाना कति मिठो हुन्छ । त्यस्तै तपाइैको पसिनाले कमाउन थाल्यो भने त्यो पैसा धेरै मिठो हुन्छ । यो कुरा बुझ्नुस् कि बिना परिश्रम सफल हुन सहज छैन । त्यसैले मेहनत गर्नुहोस्, निरन्तर परिश्रम गर्नुहोस् । एक दिन तपाईं सफल बन्नु हुनेछ । र पैसा आफैं तपाईंको पछि दौडनेछ ।

कुनै काम बारे आजै सोच्नुस्ः

तपाईं चुप लागेर बस्नु भयो भने पैसा आउँदैन । तपाईको परिवार, समाज तपाईको संस्कृति सीप अनुसार आफ्नो काम छनोट गर्नुस् । कामको जोखिम तपाईले मोल्नै पर्छ । त्यसैले काम सुरु गर्नुहोस् र त्यसलाई योजनाबद्ध नियमित गर्नुस् ।

अन्य तरिका

यहाँ पैसा कमाउन दुई नम्बरी धन्धा नगरी सजिलै पैसा कमाउन सकिन्छ र ? भन्नेहरु पनि छन् । कमाइरहेका पनि होलान् तर, एक दिन राज्यको निगरानीमा पर्छन् नै तिनीहरु । वा त्यसरी कमाएको पैसाले आफूलाई सन्तुष्टि दिन सक्दैन ।

बहुलठी बनेर अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । बचत गर्ने बानी बसाल्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । आफ्नो लक्ष्यमा अर्जुन दृष्टि राख्नुस् ।

सीपको विकास गर्नुस् । दैनिकी परिवर्तन गर्नुस् । योजनाबद्ध बन्नुस् । विभिन्न च्यानल, जस्तै आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि ।वा कुनै उद्यम समाइहाल्नुस् । राज्यको नीति नियम बुझ्नुस् ।

घरमा भएका पुराना सामान बेचिदिनुस् ।

वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस् ।वा नयाँ विजनेसमा हाम फाल्नुस् । जीन्दगी तपाईकै हातमा हुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares