Thursday, April 18
Shadow

ईनोभेटिभ कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न


  • -इ
  • इ+

नुवाकोट, माघ ३
कृषिमा एक पटकको लगानी, ईनोभेटिभ बाट जीवन भरको आम्दानी भन्ने उदेश्यका साथ विदुर नगरपालिका वडा नं ५ मा संचालनमा आएको ईनोभेटिभ कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाका अध्यक्ष देबेन्द्र गजुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विदुर नगरपालिकाकी उप मेयर गीता कुमारी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप मेयर दाहालले, सम्पुर्ण नेपाली अब कृषि मा लाग्नु पर्ने र कृषि सहकारी बाट नै आधुनिक कृषि सम्भब भएको बताईन् । अब धुलो ,माटोलाई घिन मान्ने हैन माया गर्नु पर्छ अनि मात्र हामि नेपाली सुखि र समृद्धिको यात्रामा जाने उनले बताईन् ।

संस्थाको नयाँ कार्य समितिमा मुरारि गजुरेललार्ई चयन गरेको छ । साथै संस्थाको संचालक समितिको उपाध्यक्षमा मधु बहादुर गजुरेल, सचिव राजेन्द्र पनेरु, कोषाध्यक्ष केदार ढकाल, सदस्यहरु, विजय कुमार न्यौपाने, कृष्ण प्रसाद भट्ट, विष्णु मणी न्यौपाने, सन्तोष गजुरेल, शोभा आचार्य न्यौपाने र लेखा समितिमा संयोजक ठाकुर प्रसाद न्यौपाने, सदस्यमा, राजेन्द्र भट्ट र केदार न्यौपाने रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares