Friday, April 24
Shadow

Month: January 2021

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा, आज पनि बहस हुने

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा, आज पनि बहस हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि सोमबारका लागि पेशी तोकिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट मेरिटमा प्रवेश भएको हो । आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि पहिलो दिनको सुनुवाइमा भीमार्जुन आचार्यले संसद विघटन हुनै नसक्ने तर्क प्रस्तुत गरे । ‘संविधानअनुसार दुई अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ । एउटा, प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा र अर्को, संविधानअनुसार...
कमला घिमिरे र अमृत सापकोटाको तेश्रो गीत “बनमा तरुल” गितले चर्चा बटुल्दै

कमला घिमिरे र अमृत सापकोटाको तेश्रो गीत “बनमा तरुल” गितले चर्चा बटुल्दै

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, माघ ४ नेपाली लोक दोहोरी क्षेत्रबाट सबैको मन मुटुमा बसेका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको तेश्रो बहुप्रतिक्षित लोकदोहोरी गीत’बनमा तरुल’ बोलको गित बजारमा आएको छ । लामो समय देखि अमृत दोहोरी क्षेत्रमा क्रियासिल थिए बिचमा कमला घिमिरेको इन्ट्री संगै उनको सफलता झन् माथि पुगेको हो। अमृत सापकोटालाई कमला घिमिरेको निकै साथ् रहयो जसको फल उनले चिया छानेको गीतबाट पनि पाएका हुन्। चिया छानेको गीतले २ करोड दर्शकको नजिक रहेको छ। “ बनमा तरुल ” गीतमा लय भने लोकप्रिय सर्जक खेम सेन्चुरीको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ। सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडल गौरब पहाडी र रियासा दाहालको दमदार अभिनय देख्न सकीन्छ । “ बनमा तरुल ” गीतको भिडियोलाई अमृत सापकोटा को आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत भित्र निकै म...
अनौठो परम्परा जहाँ जिउँदो मानिसलाई गाड्ने गरिन्छ।

अनौठो परम्परा जहाँ जिउँदो मानिसलाई गाड्ने गरिन्छ।

अचम्मका कुरा, समाज
काठमाडौं, माघ ३ । देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन्। आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं। जो सुन्दा अपत्यारिलो लाग्छ। यो अनौठो परम्परामा जिउँदो मानिसलाई गाड्ने गरिन्छ। क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ। यो पर्वमा जिउँदो व्यक्तिलाई गाड्ने गरिन्छ। कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ। ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ। सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन्। यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी विधुवा बन्ने गर्छिन्। खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ। यसको नाम ब्यूरियल अफ पचैन्चो हो। हुन त यो पर्व कसैलाई जिउँदै गाड्नका लागि हुन्छ। तर, माहोल हेर्दा कुनै विवाह...
एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ३ । काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटीएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने

दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ ३ । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले माघ ९ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरको हो । बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ । बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ। विरो प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ ग...
माघ ११ मा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई, को हुन् हुनेवाली दुलही ?

माघ ११ मा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई, को हुन् हुनेवाली दुलही ?

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग मुख्यमन्त्री शेरधन राईको विवाह हुने तय भएको हो। राई र शेर्पाबीच माघ ११ गते विवाह हुने भएको हो। संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छन् भने मुख्यमन्त्री राई भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए। २०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन्। एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन्।...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, माघ ३ । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन । भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए । उनका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते भएका छन् । मध्यम घाइतेहरुलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैज...
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, माघ ३ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ नेकपा (के.पी ओली)को केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरे संगै विवादित भएको नेकपा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्ष मा विभाजित भएको छ । त्यस पश्चात दुवै पक्ष आ-आफ्नै किसिमले सदस्य मनोनित गरिरहेका छन् । ...
वैशाखमा निर्वाचन हुँदैन, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ”: नेता पौडेल

वैशाखमा निर्वाचन हुँदैन, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ”: नेता पौडेल

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने औंल्याएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने दावी गरेका हुन । पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए ।उनले भने, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो ।“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने । संसदमा कुनै अवरोध नभएको र पार्टीमा भएको झगड...
स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा गरिब तथा विपन्न लाई कम्बल वितरण

स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा गरिब तथा विपन्न लाई कम्बल वितरण

समाचार, समाज
कृष्णनगर, माघ ३ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा स्व। गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ। रजौरियाको सम्झनामा उहाँको श्रीमती रा.प्र.पा.का केन्द्रीय सदस्य पुष्पा रजौरिया द्वारा गरीब तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्यौरा सयजना भन्दा बढी व्यक्ति लाई वितरण गरिएको हो । उक्त वितरणमा रा.प्र.पा. का केन्द्रीय सदस्य श्याम कुमार मिश्र, रा.प्र.प.. का जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल, रा.प्र'.पा.का क्षेत्रिय अध्यक्ष प्रताप सिंह चौधरी, कृष्णनगर नगरपालिका वडा नं १ वडा अध्यक्ष टुंग नाथ चौधरी, सोही वडाका वडा सदस्य राधे श्याम मिश्र, आनन्द रजौरिया पत्रकार लगायतको सहभागीता रहेको थियो ।...