Tuesday, April 23
Shadow

चुनाव चिन्ह र लेटरप्याडको दुरुपयोग नगर्न ओलीलाई नेपालको चेतावनी


  • -इ
  • इ+

काठमाण्डौँ, माघ ३
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको नाम, चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएका छन्।

प्रेस संगठनले शनिबार बिहान दाङको घोरहीमा आयोजना गरेको पत्रकार सम्मलेनमा अध्यक्ष नेपालले आधिकारिक नेकपा आफूहरु भएको दावी गरे।

‘हामी मूल पार्टी हौँ, त्यसैले चुनाव चिन्ह, लेटरप्याड हाम्रो हुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीले गुटको नेतृत्व गरेका छन्, चुनाव चिन्ह र लेडरप्याडको दुरुपयोग नगर्न चेतावनी दिन्छु।

अध्यक्ष नेपालले ओलीको असंवैधानिक कदमले प्रतिगामीलाई हौसाएको र अग्रगमनका पक्षधरलाई निराश बनाएको बताए। उनले आफूहरुले ओलीलाई सुधार गर्न गरेका सबै प्रयत्न असफल भएको बताए। ‘हामीले उनलाई सुधार गर्न अनेकौँ प्रयत्न गर्यौँ, सबै प्रयत्न असफल भए’, उनले भने। अध्यक्ष नेपालले ओली समूहले प्रचण्ड र आफूलाई फुटाउन र गलत सावित गर्न अनेकौँ भ्रम छर्ने काम गरेको भन्दै त्यसतर्फ सचेत रहन कार्यकर्तालाई आग्रह गरे।

उनले कांग्रेस पनि प्रधानमन्त्रीको कदमविरुद्ध संयुक्त आन्दोलनमा आउने विश्वास व्यक्त गर्दै त्यसका लागि प्रयत्न भइरहेको बताए। ‘कांग्रेस पनि संयुक्त आन्दोलनमा आउँछ, हामी त्यसका लागि प्रयत्न गरिरहेका छौँ’, अध्यक्ष नेपालले भने। पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा लगायतको उपस्थिति थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares