Saturday, May 23
Shadow

Month: December 2020

मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २४ वैज्ञानिकहरुले मानिसको शरीरमा एक नयाँ अंग पत्ता लगाएका छन् । नेदरल्याण्डका वैज्ञानिकहरुले एक नयाँ क्यान्सरबारे खोज गरिरहेको बेला उनीहरुले घाँटीमा एक नयाँ अंग पत्ता लगाएका हुन् । खोजकर्ताहरुले मानिसको घाँटीको माथिल्लो भागमा ग्रन्थीहरुको एक समुह फेला पारेका हुन् । वैज्ञानिकहरुले शरीरमा पत्ता लगाइएको यस अंगको Tubarial salivary glands दिएका छन् । यसले नाकलाई ओसिलो बनाइ राख्न मद्दत गर्दछ । Radiotherapy and Oncology जर्नलमा प्रकाशित रिपोटका अनुसार वैज्ञानिकहरुले रेडिएसन उपचारको सन्दर्भमा ग्रन्थीहरुलाई प्रभावित पारिन्न जसले गर्दा मानिसहरुलाई फाइदा पुग्दछ । नेदरल्याण्डको एम्सटर्डमको क्यान्सर इष्टिच्यूटका वैज्ञानिकहरु प्रोस्टेट क्यान्सरको परीक्षणका लागि तयार गरिएको PSMA PET-CT नामको स्क्यानको परीक्षण गरिरहेका थिए । यसै बेला चिकित्सकहरु एक रेडियोएक्टिभ ट्रेसरको बिराम...
निशान र अस्मिताको आवाजमा ‘तिमीसंग मन साटें’ सार्वजनिक (भिडियो)

निशान र अस्मिताको आवाजमा ‘तिमीसंग मन साटें’ सार्वजनिक (भिडियो)

मनोरञ्जन, साहित्य/कला
काठमाण्डौँ, मंसिर २४ चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका प्रतिस्पर्धी निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा ‘तिमीसंग मन साटें’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक भएको छ। रवि मल्लको शब्दसंगीत, दिक्षित पौडेलको अरेन्ज रहेको यस गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको राम्रो अभिनय रहेको छ। स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन/सम्पादनमा गीतको भिडीयो तयार भएको छ। भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले बजारमा ल्यएको छ । https://www.youtube.com/watch?v=-imXXfH8z4c&feature=emb_title...
के कारणलेआउँछ सेतो दुवी ? यस्ता छन् बच्ने उपायहरु

के कारणलेआउँछ सेतो दुवी ? यस्ता छन् बच्ने उपायहरु

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २४ शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुवी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुवी आउने आउँछ । सेतो दुवी रोग होइन तर मानिसहरु सेतो दुवीलाई रोग भन्दा ठूलो समस्याको रुपमा लिन्छन् । त्यसैले सेतो दुवी आएमा त्यसलाई हटाउन हरप्रयास गर्छन् । सेतो दुवीलाई सही तरिकाले उपचार गरेमा हटाउन पनि सम्भव छ । सेतो दुवीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र शल्यक्रिया औषधिको प्रयोग सेतो दुवीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ । सेतो दागको उपचारका लागि चिकित्सकले अनुमति दिएको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ । अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हु...
नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २४ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन्। आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।...
स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २४ सरकारले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा वितरण गर्दैछ । कोभिड १९ को महामारीको समयमा उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउन लागिएको हो । समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्न हाल नियमित रुपमा स्नातक तहमा अध्ययन गरिरहेका विपन्न वर्गका विद्यार्थी यस्तो सुविधा उपलब्ध गराइनेछ । उनीहरुको सिकाइमा सहयोग पर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । यसका लागि केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रमको वेबसाइटमा गएर ३० गतेसम्म अनलाइन फाराम भरिसक्नुपर्नेछ । निर्धारित अवधिभित्र अनलाइन फाराम भर्ने विद्यार्थीका क्याम्पसहरुको अनलाइन फाराम समेत अनिवार्य रुपमा रुजु गर्नुपर्ने भन्दै केन्द्रले क्याम्पसहरुलाई युजर र पासवर्डका लागि क्याम...
कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, मंसिर २४ कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् । उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । कारको साँचो लिँदै उनले भने- ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।...
सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, स्वास्थ्य
काठमाडौ, मंसिर २४ अमेरिकाको टेक्ससमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ । सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको २६ डोज दिनुपर्यो । जेनिफर सटक्लिफले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार उनका श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे । अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए । जब उनी मरेको सर्पलाई फ्याँक्न गइरहेका थिए तब सर्पको काटेको टाउकोले उनलाई डस्यो । सर्प मरेको थुप्रै घण्टासम्म पनि त्यसको टाउको जिउँदो रहन सक्छ र यसले डस्न सक्छ । जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमानको शरिरमा विष फैलिएको बताइन् । त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित उनको घरबाट विमानमा राखेर अस्पताल पुर्याइयो ।...
रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता  हुदै

रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता हुदै

खेलकुद, ब्यानर समाचार 2
  काठमाडौ, मंसिर २४ चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ ।  धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र चर्चित कलाकारको सहभागिता जनाउने छन् । ‘निर्माणका लागि खेलौँ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी पूर्वकप्तान पारस खड्कालगायतका खेलाडीले सहभागिता जनाउनेछन् । त्यस्तै प्रमोद खरेल, सन्दीप क्षेत्रीलगायतका स्टार कलाकारले पनि सहभागिता जनाउनेछन् ।  खेलाडी र कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो । खेल आउँदो माघ २४ गते आयोजना गरिने बताइएको छ । खेलको आयोजनाको जिम्मेवारी गृष्मा ब्रोडकास्टिङले लिएको छ ।...
नौ महिना पछि मनकामना मन्दिर भक्तजनको लागि  खुल्ला  गरिदै

नौ महिना पछि मनकामना मन्दिर भक्तजनको लागि खुल्ला गरिदै

जिवनसैली, समाज
काठमाडौं, मंसिर २४ गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आइतबारदेखि खुल्ने भएको छ। कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको मन्दिर मंसिर २८ गतेदेखि सुरक्षा मापदण्ड पालना गरी खुल्ला गर्न लागिएको हो। यसअघि मन्दिरमा दैनिक पूजारीले पुजाआजा गर्दै आएपनि भक्क्तजनलाई भने रोक लगाइएको थियो।...
दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति

दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २४ विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरि पार्टी एकता हुने भएको छ । आज दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुनेछ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो । एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ । पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् । यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुने...