Tuesday, April 16
Shadow

स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २४
सरकारले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा वितरण गर्दैछ । कोभिड १९ को महामारीको समयमा उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउन लागिएको हो ।

समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्न हाल नियमित रुपमा स्नातक तहमा अध्ययन गरिरहेका विपन्न वर्गका विद्यार्थी यस्तो सुविधा उपलब्ध गराइनेछ । उनीहरुको सिकाइमा सहयोग पर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

यसका लागि केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रमको वेबसाइटमा गएर ३० गतेसम्म अनलाइन फाराम भरिसक्नुपर्नेछ ।

निर्धारित अवधिभित्र अनलाइन फाराम भर्ने विद्यार्थीका क्याम्पसहरुको अनलाइन फाराम समेत अनिवार्य रुपमा रुजु गर्नुपर्ने भन्दै केन्द्रले क्याम्पसहरुलाई युजर र पासवर्डका लागि क्याम्पस प्रमुखको नाम, फोन नम्बर र क्याम्पसको ईमेल सहितको विवरण ईमेल पठाउनुपर्नेछ ।

अनलाइन फारामका लागि : 

Home

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares