काठमाडौ, मंसिर २४
शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुवी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुवी आउने आउँछ ।
सेतो दुवी रोग होइन तर मानिसहरु सेतो दुवीलाई रोग भन्दा ठूलो समस्याको रुपमा लिन्छन् । त्यसैले सेतो दुवी आएमा त्यसलाई हटाउन हरप्रयास गर्छन् ।
सेतो दुवीलाई सही तरिकाले उपचार गरेमा हटाउन पनि सम्भव छ । सेतो दुवीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र शल्यक्रिया
औषधिको प्रयोग
सेतो दुवीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ ।
सेतो दागको उपचारका लागि चिकित्सकले अनुमति दिएको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ ।
अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुन्छ तर हत्केला र पैतालामा भएको दाग निको हुन समय बढी समय लाग्छ ।
फोटो थेरापी
फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्याउँछ । सेतो दुवीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीबाट गर्न सकिन्छ ।
शल्यक्रिया
सेतोदुवी आएको ठाउँमा छाला प्रत्यरोपण गरेर पनि दाग हटाउन सकिन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउँने गर्छ ।
कसैमा वंशाणुगत गुणका कारण सेतो दुवी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुवी आउने आउँछ । सेतो दुवी रोग होइन तर मानिसहरु सेतो दुवीलाई रोग भन्दा ठूलो समस्याको रुपमा लिन्छन् ।
त्यसैले सेतो दुवी आएमा त्यसलाई हटाउन हरप्रयास गर्छन् । सेतो दुवीलाई सही तरिकाले उपचार गरेमा हटाउन पनि सम्भव छ । सेतो दुवीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र सल्याक्रियाको माध्यमबाट यसको उपचार गर्न सकिन्छ ।