Thursday, March 28
Shadow

रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता हुदै


  • -इ
  • इ+

 

काठमाडौ, मंसिर २४
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ ।  धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र चर्चित कलाकारको सहभागिता जनाउने छन् ।

‘निर्माणका लागि खेलौँ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी पूर्वकप्तान पारस खड्कालगायतका खेलाडीले सहभागिता जनाउनेछन् । त्यस्तै प्रमोद खरेल, सन्दीप क्षेत्रीलगायतका स्टार कलाकारले पनि सहभागिता जनाउनेछन् ।  खेलाडी र कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो । खेल आउँदो माघ २४ गते आयोजना गरिने बताइएको छ । खेलको आयोजनाको जिम्मेवारी गृष्मा ब्रोडकास्टिङले लिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares