Friday, March 29
Shadow

दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २४
विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरि पार्टी एकता हुने भएको छ । आज दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुनेछ ।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो ।

एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ ।

पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् ।

यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।

साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् । तर, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।

सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ । तर विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares