अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार
काठमाडौ, मंसिर २५
७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको माइतीघरमा शान्तिपूर्ण रुपमा ब्यानर लिएर बसेका न्यायका लागि मानव अधिकार संजालका अध्यक्ष इन्द्र प्रसाद अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिवार दिवसको अवसरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेका मानव अधिकारकर्मी माथी प्रहरीले दुर्व्यवहार पुर्वक पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन प्रहरीले गरेको अमानवीय व्यवहारले मानव अधिकार नै उल्लंघन गरेको भन्दै मानव अधिकारकर्मिहरुले बिरोध जनाएका छन ।...









