Friday, March 29
Shadow

खाली पेटमा कागती पानी पिउनुका यति धेरै छन् फाइदा


  • -इ
  • इ+

काठमाडौ, मंसिर २५
कागति स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ । खालि पेटमा कागति पानि खादा निम्न फाइदाहरु हुन्छन ।

१.  बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।

२.  कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।

३.  कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

४.  शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।

५.  कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।

६.  कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।

७.  बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।

८.  यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares