काठमाण्डौँ, मंसिर २५
सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अन्तगर्तका म्यासेन्जर इन्टाग्राम र फेसबुकमा समस्या आएको हो ।
म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् ।
बिहिबार अपरान्हबाट अचानक उक्त समस्या आएको हो ।