Saturday, April 27
Shadow

पश्चिम बागलुङको निसि,भुजी तमानलाई लक्षित गरि एम्बुलेन्स खरिद


  • -इ
  • इ+

जसिन्द्र श्रीपाली, काठमाण्डौ

प्रभु ग्रुपका अधयक्ष देवीप्रसाद भट्टचन, नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाअध्यक्ष एवम् ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको छ ।

बागलुङ पश्चिम भेगमा एम्बुलेन्स नहुदा जनताले भोग्नु परेको सास्तीलाई मध्यनजर गर्दै एम्बुलेन्स किन्न पहल गरेको दोर्ण कुँवरले बताएका छन ।
४० लाख मूल्य पर्ने एम्बुलेन्स लाई राजस्व छुटमा ११ लाख ५७ हजारमा खरिद गरिएको रेडियो ढोरपाटनको अध्यक्ष दोर्ण कुँवरले बताए । एम्बुलेन्स नेपाल सरकारको नियमानुसार गरिबी निवारणका लागि वाताबरणीय स्वास्थ्य शिक्षा रेडियो ढोरपाटनले सञ्चालन गर्ने कुँवरले बताए । उक्त एम्बुलेन्सको चापी बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई हस्तान्तरण गरेका हुन ,उक्त एम्बुलेन्सको चापी बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई हस्तान्तरण गरेका छन् ।

हाल खरिद गरिएको एम्बुलेन्स पश्चिम बागलुङको ढोरपाटन, निशीखोला तथा तमानखोला क्षेत्र लाई मध्य नजर गर्दै खरिद गरिएको कुवँरको भनाई छ । एम्बुलेन्स खरिदका लागी चन्द्र ढकाल ले आईएमई बैंक मार्फत सहयोग गरेपनी प्रभू ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनले भने संस्थागत नभई ब्यक्तिगत रुपमै सहयोग गरेको जानकारि दिएका छन् ।

‘पश्चिम क्षेत्रका जनताले स्वास्थ्य सेवा पाउनका लागि निकै सास्ती खेप्नु परेको थियो,’उनले कुवँरको भनाइ अनुसार आफुहरुले पहल गरेर प्रभु ग्रुपका अध्यक्ष र ग्लोबल आईएमईका अध्यक्षको सहयोगमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले समेत गरेर एम्बुलेन्स किन्ने काम भएको छ । शुक्रबारसम्म एम्बुलेन्स बुर्तिबाङ पुग्ने समेत बताएका छन ।सरकारले तोकेको मापदण्ड अनुसार पश्चिम क्षेत्रका जनतालाई सहज र सरल सेवा प्रभाव गर्ने कुँवरले बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares