तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ,जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ:मुक्तक
काठमाण्डौँ, पुष ९
मुक्तक
# बलेकै ताप्ने यो ठाउँमा के गुनासो गर्नु
कोट्याए दुख्छ घाउमा के गुनासो गर्नु
आफ्नै भाइ दशैँमा टीका थाप्न आएन
दाइकै झुपडी गाउँमा के गुनासो गर्नु
# तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ
जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ
मेरो दिललाई पनि सहिद घोषणा गरियोस्
प्रेमयुद्धमा यसले सहादत प्राप्त गरेको छ
# यता काँडा बिझ्दा उता चाहिँ ऊ नाचिरहेछ
म भारत दिल्ली ऊ पाकिस्तान कराँची रहेछ
व्याकरणले विपरीतार्थक शब्द हो भनेपनि
मेरो पीडा दुस्मनको खुशीु पर्यायवाची रहेछ
# नछोपीकन हिँड्दा झन् थिएन भर गलामा पनि
अपराधीहरूले लाउँथे गिद्दे नजर गलामा पनि
बरु छोटो लाएको भए बलात्कार मात्र गर्थे होला
लामो भइदिनाले कस्दिए मफलर, गलामा पनि
# सेवा गरेजस्तै गरी गालामा झापड हान्नेहरू छन्
कसैको भर नपर्नुस् आमा झापड हान्नेहरू छन्...








