Friday, April 26
Shadow

राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती


  • -इ
  • इ+

 

काठमाडौं , पुस ९

राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हंगामा भएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण तनावमा परेका छन् । राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दुश्मनहरुले उनका यति धेरै नग्न फोटोहरु त्यहाँका राजतन्त्रविरोधी अभियन्ताहरुलाई पठाएको द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ । रिपोर्टका अनुसार पठाइएका फोटोहरुमध्ये ठूलो संख्यामा फोटोहरु नग्न छन् ।

रिपोर्टअनुसार सिनिनितका नग्न फोटोहरु थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका अभियन्ताहरुलाई पठाइएको छ । यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खिचिएको बताइएको छ । स्वयं सिनिनितले नै ती तस्वीर खिचेको अनुमान गरिएको छ । थाइल्याण्डको राजशाहीको आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि यी तस्वीरहरु पठाइएको छ ।

राजाकी पत्नी सुथिडा र गर्लफ्रेण्ड सिनिनितबीच चलिरहेको झगडाका कारण यी तस्वीरहरु लिक भएको विश्वास गरिएको छ । सुथिडा थाइल्याण्डकी रानी हुन् । राजाकी गर्लफ्रेण्ड सिनिनितका तस्वीर यस्तो समयमा लिक भएका छन् जतिबेला उनी भर्खरै जेलबाट छुटेर राजाको नजिक पुगेकी छिन् । गत वर्ष राजाले आश्चर्यजनक तरिकाले आफ्नी गर्लफ्रेण्डलाई जेल हालेका थिए । उनीमाथि रानीको छवि बिगार्न खोजेको आरोप लगाइएको थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares