Friday, March 29
Shadow

संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो पुस १३ गते देशभर आन्दोलनको घोषणा


  • -इ
  • इ+

काठमाण्डौँ, पुष ९
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आन्दोलन आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । उनले भनेका छन्, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’’

कांग्रेसले बुधबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १६ गते देश भर विरोध प्रर्दशन गर्ने निर्णय सार्वजनिक गरेका थिए । त्यसलगत्तै केन्द्रीय समितिमै नेताहरुबीच राष्ट्रिय मेलमिलाप दिवका दिन विरोध गर्न नहुने विषयमा छलफल भएपछि साँझ पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा देशभर कार्यक्रम गर्ने भन्ने जानकारी सार्वजनिक भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares