काठमाडौं, पुस १६ । विश्व नै कोरोना भाइरसबाट त्रसित भइरहेका बेला फेरि अर्को भाइरस आएको छ । यसले आमजनमासमा अज त्रास जमाएको छ । यता भारतमा थप पाँच जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ ।यो भाइरस बेलायतबाट शुरु भएको हो ।
कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।
भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको छ ।