Friday, April 26
Shadow

सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ


  • -इ
  • इ+

काठमाडौँ, पुस १६ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले बिहीबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई ‘पेण्डुलम’ बनाएको उनले बताए ।

उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए ।

नेकपा ओली पक्ष वैधानिक भएको दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समूहले पाउने जिकिर गरे ।मन्त्री श्रेष्ठले प्रचण्ड(माधव नेपालले सूर्य चिन्ह पाएको खण्डमा भीम रावल र नारायणकाजी श्रेष्ठले सो चुनाव लडन नपाउने जिकिर गरे ।

मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउदै आफूहरुले कसैलाई पनि पार्टीबाट निष्काशन नगरी सदस्यहरु मात्रै विस्तार गरेको बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares