Friday, April 19
Shadow

राष्ट्रियसभा बैठक शुक्रबारदेखिः सम्भावित कार्यसूची तय


  • -इ
  • इ+

काठमाडौं , पुस १६ ।राष्ट्रियसभा बैठक शुक्रबारदेखि सुरु हुने भएको छ । यसका .लागि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रियसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

त्यस्तै राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय( पहिलो संशोधन० अध्यादेश २०७७ र सामाजिक सुरक्षा(पहिलो संशोधन)अध्यादेश, २०७७ पेस गर्ने सम्भावित कार्यसूची छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि ९तेस्रो संशोधन० अध्यादेश २०७७ पेस गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसी, प्रतिनिधिका पूर्वसदस्य ओमकारप्रसाद गौचन र राष्ट्रियसभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बूको निधनमा राष्ट्रियसभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares