Sunday, May 5
Shadow

Month: December 2020

नेपाली कांग्रेस काठमाण्डौँले मनायो ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस

नेपाली कांग्रेस काठमाण्डौँले मनायो ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १६ नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । नेपाली कांग्रेस काठमाण्डौँले पनि एक कार्यक्रम गरि दिवस मनाएको छ । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँदै आएको छ । २०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति कोइराला र नेता सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । सोहि दिनको सम्झनामा कांग्रेसले आज देश भर उक्त दिवस मनाएको हो । काठमाण्डौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य किरण गिरीले मेलमिलापले नै देशको वर्तमान राजनितिलाई सुधार्न सक्ने बताए । नेकपामा मात्र नभई सबै राजनितिक दलमा मेलमिलापको भावना विकाश गर्नुपर्नेमा जोड दिए ।...
पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १६ पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ। बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ जना क्वारेन्टाइनमा छन्। बिहीबार मात्र ४ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ।...
राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो छ : पूर्व राष्ट्रपति यादव

राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो छ : पूर्व राष्ट्रपति यादव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १६ वर्तवान परिस्थीतिको राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो रहेको पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार तेज तीर्थ ट्रस्टद्धारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । पूर्व राष्ट्रपति यादवले सरकारले गरेको संसद बिघटनको कार्य संबिधान विपरित भएको बताएका छन् । यो कदमले देशलाई अनिश्चितताकोबाटोमा धकेलेको बताउँदै संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताएका छन् । २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए । ट्रस्टका अध्यक्ष तीर्थराम डं...
सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, पुष १६ काठमाण्डौँको चन्द्रागिरी नगरपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउँ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट दुई जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउँ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं २ का २३ वर्षिय सूर्य तामाङ र धादिङ धुनिवेशी नगरपालिका वडा नं ५ का १९ वर्षिय मनोज राई रहेका छन् । धादिङबाट काठमाण्डौँ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी बृत थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बसमा सवार राईको झोलाबाट उक्त खपेटा फेला परेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई सितापाईलाबाट पक्राउँ गरेको हो । उनिहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
गीतकार रामकृष्ण महराको शब्दमा “ भट्टीवाली ” बोलको गितले चर्चा बटुल्दै (भिडियो सहित)

गीतकार रामकृष्ण महराको शब्दमा “ भट्टीवाली ” बोलको गितले चर्चा बटुल्दै (भिडियो सहित)

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, पुष १६ “ भट्टीवाली ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रताप दासको स्वर र जगत तिरुवा को र्याप समेत समावेश छ । गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन छ । डान्सिङ शैलीको यो गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेत को उत्कृष्ट अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन छ। यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । “ भट्टीवाली ” गीतको भिडियोलाई ओ एस आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.yout...
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १६ प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका छन । बिहीवार चारवटा राजनीतिक दल आबद्ध महिला संगठन र सांसदहरुले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझ्दै सो कुरा बताएका हुन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी गराए । उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफू सधैँ समर्पित रहने प्रतिवद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । उनले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिदै परामर्श गरिरहेको जानकारी गराए । ...
विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १६ । नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो । ७७ जिल्लामै विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको कांग्रेसले केन्द्रमा भने भर्चुअल कार्यक्रम राखेको छ । जिल्लामा हुने कार्यक्रममा केन्द्रीय नेता सहभागी हुँदैछन् । केन्द्रको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी हुँदैछन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले बिहान ९ बजे ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल छलफल गर्न लागेको हो । छलफलमा सभापति देउवासँगै नेता प्रदीप गिरी र डा बद्री गौतमबीचको बहसको सहजकर्ता डा। सुरेश आचार्यले गर्नेछन् । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँद...
नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र 9लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो । विभागका प्रवक्ता डा। लोकनाथ भुसालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने व्यवस्था गरेर मंगलबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएका छन् । फाराम विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिनेछ । विभागले कोटा भएको अवस्थामा मात्र फाराम भर्न सकिने जनाएको छ । एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ भने परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने ...
हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस १६ । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् । जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्र...
प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं, पुस १६ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २0२ अंक छ । समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई खेल खेल्दै ४ अंक जोडेको छ । आजको खेलमा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच जित निकाल्ने टोलीले ४ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगितामा दुवै टोली उपाधि दाबेदारका रुपमा छन् । तर, पनि सुदूरपश्चिम प्रदेश वाग्मतीभन्दा बलियो टिमका रुपमा छ । त्यस्तै आज हुने दिनको दोस्रो खेलमा प्रदेश १ र गण्डकी प्रदेशले...