Friday, April 26
Shadow

नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे


  • -इ
  • इ+

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अफगानिस्तान जस्तो बनाउन खोजेको आरोप लगाएका छन् ।

४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन् ।

जनताको थलो प्रतिनिधि सभा भङ्ग गरेर ओलीले देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाइ अफ्गानिस्तानजस्तो बनाउन लागेको उनको आरोप छ ।

प्रतिनिधि सभा भङ्ग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप उनले लगाए ।

साथै उनले ओलीमा चुनाव गराउने मनसाय नभएको र देशलाई निरंकुशतातर्फ सरकार अगाडि बढाउँदै आफू शासक बन्नका खोजेको बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares