Saturday, April 20
Shadow

किन गइरहेको छ झ्याप झ्याप बत्ती ? प्राधिकरणले गर्यो यस्तो खण्डन


  • -इ
  • इ+

काठमाडौं , पुस १६ । पछिल्लो समय काठमाडौं उपत्यकामा झ्याप झ्याप बत्ती गइरहेको छ । यसरी बेला बेला बत्ती जाादा नेपाल विद्युत प्राधिकरणको आलोचना भइरहेको छ ।यता पछिल्लो समय बत्ती जाने समस्या बढेपछि भइरहेको आलोचनाबारे प्राधिकरणले विज्ञप्ति मार्फत खण्डन गरेको छ ।

प्राधिकरणले आफ्नो स्पष्टिकरण पेश गर्दै लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । भारत्वहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको प्राधिकरणको प्रष्टोक्ति छ । प्राधिकरणले यस्तो अवरोध न्यूनीकरण एवं निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत रहेको जनाएको छ ।

प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ पनि गरेको छ ।प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा फेरि दोहोर्‍याउनुपर्ने आवश्यकता नरहेको बताएको छ।
संघीय राजधानी काठमाडौंमा साँझको समयमा झ्याप्प झ्याप्प बत्ती जान थालेपछि कुलमान घिसिङको अभावका कारण अघोषित लोडसेडिङ गरिको भएको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ।

प्राधिकरणले विभिन्‍न कारणले विद्युतका पोल सार्न, ट्रान्सफर्मर प्रतिस्थापन, वितरण प्रणालीका पुराना संरचनाहरु मर्मत सम्भार, परिवर्तन गर्दा यस्तो भएको जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares