Thursday, April 25
Shadow

माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने


  • -इ
  • इ+

काठमाण्डौ , पुस १६ । निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ ।

यस्तै झुठो विवरण दिई कसैले नामावलीमा नाम समावेश गरेको भए यसै अवधिमा त्यसविरुद्ध उजुरी दिन पाइने छ । आयोगले सबै पालिका, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सबै सरोकारवालालाई मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares