तारकेश्वर ३ को कांग्रेस अधिवेशन बिवादमा
काठमाण्डौँ, असोज ६
काठमाण्डौँको तारकेश्वर नगरपालिका वडा नं ३ को कांग्रेस ईकाइ अधिवेशन बिवादित भएको छ । मंगलवार भएको अधिवेशन एक पक्षिय र गैर कानुनी रुपमा भएको भन्दै बिरोध गरिएको छ ।
ईकाइ सभापतिमा ६ जना उम्मेदवार थिए । उम्मेदवारी दर्ता फारम सम्म नभराई खाली कागजमा नाम टिपेर प्रति उम्मेदवार पाँच हजार रुपैया सम्म मनोमानी रुपले संकलन गरेको नेपाली कांग्रेस क्षेत्र नं ७ का सदस्य भोलानाथ अर्यालले बताए । उनका अनुसार, दिउँसो सम्म निर्वाचन हुन नसके पछि सर्वसम्मतिको बाहाना गरि निर्वाचन अधिकृत हरिशरण खतिवडाले साँझपख केही समूहरुमात्र मिलाएर एक्लौटी रुपमा बर्तमान तारकेश्वर नगरका सचिव परशुराम अर्याल सहितका पदाधिकारीहरु घोषण गरेको उनले बताए ।
सदस्य अर्यालले निर्वाचन अधिकृत पनि तोकिएको व्यक्ति सहभागि नभई आफू अनुकुलको राखिएको बताएका छन् । उक्त अधिवेशनको लागि बरिष्ठ अधिवक्ता पोषण राज लामिछानेलाई तोकीएको...









