Thursday, April 18
Shadow

तारकेश्वर ३ को कांग्रेस अधिवेशन बिवादमा


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ६
काठमाण्डौँको तारकेश्वर नगरपालिका वडा नं ३ को कांग्रेस ईकाइ अधिवेशन बिवादित भएको छ । मंगलवार भएको अधिवेशन एक पक्षिय र गैर कानुनी रुपमा भएको भन्दै बिरोध गरिएको छ ।

ईकाइ सभापतिमा ६ जना उम्मेदवार थिए । उम्मेदवारी दर्ता फारम सम्म नभराई खाली कागजमा नाम टिपेर प्रति उम्मेदवार पाँच हजार रुपैया सम्म मनोमानी रुपले संकलन गरेको नेपाली कांग्रेस क्षेत्र नं ७ का सदस्य भोलानाथ अर्यालले बताए । उनका अनुसार, दिउँसो सम्म निर्वाचन हुन नसके पछि सर्वसम्मतिको बाहाना गरि निर्वाचन अधिकृत हरिशरण खतिवडाले साँझपख केही समूहरुमात्र मिलाएर एक्लौटी रुपमा बर्तमान तारकेश्वर नगरका सचिव परशुराम अर्याल सहितका पदाधिकारीहरु घोषण गरेको उनले बताए ।

सदस्य अर्यालले निर्वाचन अधिकृत पनि तोकिएको व्यक्ति सहभागि नभई आफू अनुकुलको राखिएको बताएका छन् । उक्त अधिवेशनको लागि बरिष्ठ अधिवक्ता पोषण राज लामिछानेलाई तोकीएको थियो तर सोही स्थानमा हरिशरण खतिवडालाई निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी दिइएको थियो । निर्वाचन अधिकृत खतिवडाले कानुनी रुपमा अधिवेशन नगरेको भन्दै उनी विरुद्ध ईकाई सभापतिका प्रत्यासी राजु फँयालले उजुरी गर्ने तयारी रहेको अर्यालले बताए ।

यसै बिच नेपाली कांग्रेस क्षेत्र नं ७ का सचिव एवम् सोहि वडाका वडाध्यक्ष मनोहरी तिवारीले ईन्टरभ्यू नेपाल संगको कुराकानीमा अधिवेशनमा आरोप लगाईएको जस्तो कुनै पनि गतिविधि नभएको बताएका छन् । तोकिएको निर्वाचन अधिकृत उपस्थीत हुन नसके पछि अनुमति पत्र लिएर आएका अर्का निर्वाचन अधिकृतले सहमतिका आधारमा अधिवेशन सम्पन्न गराएको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares