Friday, April 19
Shadow

खोटाङको भुलभुले दुधकुण्ड पर्यटकिय स्थलको रुपमा विकसित हुदै


  • -इ
  • इ+

३२ साउन, काठमाण्डौं
केशब श्रेष्ठ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ स्थित नेर्पामा रहेको भुलभुले दुधकुण्ड हलेसी पछिको जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकसित हुदै आएको छ । गणेश, शिवजि र बुढा निलकण्ठ भगवानको मुर्ति रहेकाले यहँ साउनको सोमबार शिवजीको पुजा गर्न शिवभक्त जाने गरेका छन् ।

यस मन्दिरमा विशेष त बालाचतुर्दशी र राम नवमीमा ठुलो मेला लाग्ने गरेको छ । त्यस्तै ऋषि तर्पणी पुर्णिमामा पनि धामी झांक्री जाने र नुहाउने प्रचलन रहेको छ । भुलभुले दुधकुण्डमा खोटाङ लगायत छिमेकि जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, उदयपुर, सिन्धुली र भारतका समेत पर्यटक तथा भक्तजन आउने गरेका छन् । यस मन्दिरमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

यस ठाउलाई यलम्बर राजाले राज्य गरेको ठाउ पनि भनिन्छ । यस क्षेत्रका स्थानियहरु होमस्टे सन्चालन गर्ने तयारिमा लागेका छन्, यसो गर्नाले अझै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने उनिहरुको भनाइ छ । यस क्षेत्रलाइ पहिलेको तुलनामा अहिले निकै सुन्दर र व्यवस्थित बनाइएको छ ।

उक्त ठाउलाइ पर्यटकिय क्षेत्र बनाउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निकै पहल गरिरहेको छ । यस क्षेत्रको प्रवर्धन पुन व्यवस्थापन गर्नका लागि नगरपालिकाले ६० लाख रुपैया लगानि गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिएका छन्

भुलभुले दुधकुण्डको प्रमुख आकर्षकको केन्द्रबिन्दु बनेको एकनास बगिरहने रुवालुङ झरना हो । यो मन्दिरको प्रवेशमा गेट पार गरेर निस्केपछि बाया साइडमा सातवटा धाराबाट पानि झरिरहेको र पोखरीको पानिमा एकाहोरो माछा मुहानतर्फ कुदिरहेको देखिन्छ, एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानिको रङपनि हरियो देखिन्छ । यहाबाट केहि समय उकालो चढेपछि सङ्लो र सेतो पानि देखिने रुवालुङ झरनाको मनोरम दृश्य देखिन्छ ।

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट झन्डै १० किलो मिटर उत्तरमा पर्ने भुलभुले दुधकुण्ड बाहिरी पर्यटकलाइ आकर्षित गर्न सके पर्यटन व्यवसायवाट राम्रो आम्दानि गर्न सकिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares