Friday, April 26
Shadow

मेलम्ची क्षेत्र अझै जोखिममा


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ

३२ साउन,काठमाडौं

मेलम्चीमा पुन बाढी आएपछि पछिल्लो समयमा गरेको अध्ययनले अझै जौखिममा रहेकाले पूर्ववत गर्न नसकिने खानि तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ ।

विभागले गत २२ साउनबाट अध्ययन सुरु गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जियोलोजिष्ट शिव बास्कोटाले बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको हाका हाकी बहसमा उनले भेमाथाङ भन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै अवस्थामा जुनसूकै समयमा बग्ने बताएका छन् ।

काठमाडौैं विश्व विद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमूख डा.रिजनभक्त कार्यस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले सर्तकता अपनाउनुपर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेका सानाठूला सबै नदीहरुमा जूनसुकै समयमा बाढी आउन सक्ने भएकाले पुर्व सतर्कता अपनाउनुपर्ने आवश्यक रहेको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares