Friday, April 19
Shadow

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोट शाखा गठन


  • -इ
  • इ+

नुवाकोट,भाद्र २६
फोटो पत्रकारितामा आवद्धहरुको भेलाले राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोट गठन गरेको छ । विदुरमा सम्पन्न समूहको प्रथम भेलाले आगामी तीन वर्षे कार्यकालका लागि प्रकाश सिलवालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।

शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्यलाई चयन गरेको छ । सदस्यहरुमा सन्जय भट्ट, उषा रेग्मी र सन्नी श्रेष्ठ चुनिएका छन् ।

 

भेलाको उद्घाटन समूहका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकारले उद्घाटन गरे । उनले पत्रकारिताको सौन्दर्य फोटो भएका कारण यसको स्तरवृद्धि गर्नु जरुरी रहेको वताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुब रावल, पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष शिव देबकोटा, एनएफपिजेका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठ, केन्द्रिय सदस्य प्रदीप श्रेष्ठ, नेपाल पत्रकार महासंघ साखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, जिल्ला सचिब जगदीश खनाल, पत्रकार महासंघ बाग्मती प्रदेशका सदस्य रामहरि गजुरेल, एनएफपिजे बाग्मती प्रदेशका अध्यक्ष नारायण सिलवाल, सचिब राजन अधिकारी र कोषाध्यक्ष लोकेश लिम्बूको उपस्थिति थियो । यस्तै पत्रकारहरु शालिकराम चालिसे, सुरज गिरी, केदार ढकाल, सुनिल श्रेष्ठ, भगवती लामा तथा गमला लामाको उपस्थिति थियो ।

यस्तै नव गठित कार्यसमितिले प्रतेक महिना कार्यसमितिको बैठक गरिने तथा आगामी असोज १९,२० र २१ गते जिल्लामा फोटो पत्रकारिता तालिमको आयोजना गरिने निर्णय गरेको छ ।

साथै कार्यक्रममा केन्द्रिय अध्यक्ष चित्रकार र बाग्मती प्रदेश का कोषाध्यक्ष लोकेश लिम्बू द्वारा फोटो पुस्तक को साथै प्रेस ज्याकेट हस्तान्तरण गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares